नेपालमा एनएफसीमा आधारित डिजिटल कार्डको सुरुवात

  • Technology Khabar | २६ पुष २०८०, बिहीबार

काठमाडौं ।

नेपालमै पहिलोपटक नियर फिल्ड कम्युनिकेसन (Near-field communication (NFC) डिजिटल कार्डको सुरुवात भएको छ। विश्वमा फड्को मारिरहेको प्रविधिको युगलाई आत्मसाथ गर्दै नेपालमा पनि एनएफसी डिजिटल भिजिटिङ्ग कार्ड भित्रिएको हो।

यो एक ‘पेपरलेस भिजिटिङ्ग कार्ड’ हो।

चिप प्रविधिमा आधारित कार्डमा एटिएम कार्डमा जस्तै रहने चिपमा व्यक्ति वा कम्पनीको सम्पूर्ण विवरणहरु राखिएको हुन्छ। यसलाई आफुले बिभिन्न बैंकहरुको एटिएम कार्ड बोकेझै गरी लिएर हिड्न मिल्ने हुन्छ। जसले गर्दा प्रयोगकर्ताको आफ्नो जानकारीहरु सजिलै सगै अन्य व्यक्तिहरुलाई दिन सकिन्छ र मोवाईल नम्बर, ईमेल र अन्य जानकारीहरु सजिलो र बिना झन्झटीलो तरिकाबाट दिन सकिन्छ। जुन चिपको माध्यमबाट कार्डलाई मोवाइल ‘टच’ र वा क्यामरामा ‘स्क्यान’ गरिसकेपछि सिधै मोवाइल फोनको ‘कन्ट्याक लिष्टमा सेभ गर्न सकिन्छ।

बिकसित मुलुकहरुमा सन् २००० मा यो कार्ड प्रयोगमा आएको भएतापनि हाल दुई युवा दिवाकर अर्याल र सरोज बानियाँले इभाज कार्ड प्रालि मार्फत नेपालमा भित्राएका हुन्। अर्याल कम्पनीको अध्यक्ष र बानियाँ प्रबन्ध निर्देशक हुन्। कम्पनीको सीईओ बंगलादेशका अबुल हसनत आईटीमा दख्खल राख्छन्। कम्पनी वा व्यक्तिले यसमा राखिएका व्यक्तिगत विवरणहरु आफूले चाहेको समयमा ‘इडिट’ गर्न सकिनु यस कार्डको मुख्य विशेषता हो।

व्यक्तिगत र कम्पनीको छुट्टाछुट्टा भिजिटिङ्ग कार्ड, अनलाईन र अफलाईन दुबैमा प्रयोग गर्न मिल्ने, प्रिमियर क्वालिटी, एकपटक प्रिन्ट गरिसकेपछि सधैका लागि हुने, व्यक्तिगत नाम ‘ईम्बोस’ प्रिन्ट हुने लगायतका अन्य थुप्रै बिशेषता रहेका छन्। यसका साथै कम्पनी वा बिजनेश प्रमोसनका लागि विभिन्न सामाजिक सञ्जालमार्फत गुगल ‘रिभ्यू’ कार्ड र फलोअर्स कार्डको पनि सुरुवात गरेको छ। जसले आफ्नो कम्पनी वा व्यवसायको बारेमा कार्ड स्क्यान गरेर ‘रिभ्यू’ दिन सकिने कम्पनीले जनाएको छ।

कार्डको सफ्टवेयर ए.आई. प्रविधिमा निर्माण गरिएको, प्रयोगकर्ताका लागि आफ्नो छुट्टै ड्यासबोर्ड हुने, आफुले चाहेको बेलामा अपडेट तथा डिलिट गर्न मिल्ने हुन्छ। यसको डाटाहरुलाई सुरक्षित गर्नका लागि सबै सुरक्षा प्रविधिहरु अपनाईएकोले डाटा हराउने तथा दुरुप्रयोगको जोखिम नहुने’ कम्पनीका प्रवन्ध निर्देशक बानियाँले जानकारी दिए।

चर्को मुल्य तिरेर बर्षेनी भिजिटिङ्ग कार्ड छाप्ने झन्झटमा मुक्ती पाउनका लागि यो कार्ड बहुउपयोगी हुने कम्पनीका अध्यक्ष अर्यालले बताए। उनले भने, ‘यो कार्ड एकपटक छापिसकेपछि पुनः छाप्ने झन्झट नहुने, खर्चिलो नहुने र कागजको कार्डले वातावरणमा समेत असर पुर्याएको हुँदा यो कार्ड वातावरण मैत्री समेत छ।’

कार्डको सुरुवाती मूल्य ४ हजार राखिएको छ। जसमा कम्पनीले आकर्षक कार्ड बक्स सहित कार्ड उपलब्ध गराउने विज्ञप्तीमार्फत जनाएको छ।

प्रकाशित: २६ पुष २०८०, बिहीबार

तपाइको प्रतिक्रिया