विश्वको पहिलो उड्ने कार सीईएसमा सार्वजनिक

  • Technology Khabar | २६ पुष २०८०, बिहीबार
विश्वको पहिलो उड्ने कार सीईएसमा सार्वजनिक

काठमाडौं ।

अमेरिकाको लस भेगासमा आयोजना भइरहेको सीईएस २०२४ मा विश्वको पहिलो उड्ने (फ्लाइङ) कार सार्वजनिक गरिएको छ।

यो कार एक्सपेङ एरोहटले डिजाइन गरेको हो। कम्पनीले आफूलाई एशियाको सबैभन्दा ठूलो फ्लाइङ कार निर्माता बताउने द सनले रिपोर्टमा उल्लेख गरेको छ।

चिनियाँ कम्पनीले उक्त कारलाई ‘ईभीटीओएल फ्लाइङ सुपरकार’ भनेका छ।

एक्सपेङ एरोहटका सह संस्थापक, उपाध्यक्ष र प्रमुख डिजाइनर वाङ तानले भने, ‘मानिसहरु ३डी जनावर हुन् तर यातायात २डी हो। सबैजना वास्तवमा उडान गर्न चाहन्छन् र अर्को दृश्य, अर्को कोण, भव्य दृश्य हेर्न चाहन्छन्।’

यस कारबाट प्रयोगकर्ताहरुले ट्राफिकबाट बच्न र भिड क्षेत्रबाट बाहिर जान सक्षम हुनेछन्।

ल्याण्ड मोडमा कार नियमित गाडी जस्तो देखिन्छ। केही स्वीचका साथ कारलाई उडान शिल्पमा रूपान्तरण गर्न डिजाइन गरिएको छ।

ल्याण्ड मोडमा कारले फ्लाइङ कम्पोनेन्टसलाई फोल्ड गर्छ। फ्लाइङ मोडलमा यसले भर्टिकल टेकअप र ल्याण्डिङ सुविधाका लागि आफ्नो पन्खा खोल्छ।

यो भीडभाड भएका क्षेत्रहरूमा नेभिगेट गर्न र ट्राफिकबाट बच्न मद्दत गर्न डिजाइन गरिएको हो।

यसले छोटो दूरीको, कम उचाइको यात्राको मागलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने कम्पनीको दाबी छ।

हालसम्म यसको मूल्य भने सार्वजनिक गरिएको छैन।

प्रकाशित: २६ पुष २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...