रुकुम पूर्व र पश्चिममा नेपाल टेलिकमको एफटिटीएच नेटवर्क

  • Technology Khabar | २५ पुष २०८०, बुधबार
रुकुम पूर्व र पश्चिममा नेपाल टेलिकमको एफटिटीएच नेटवर्क

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमको रुकुम पूर्वको रुकुमकोट र रुकुम–पश्चिमको मुसिकोटमा दूरसञ्चार पूर्वाधार अप्टिकल फाइबर नेटवर्कबाट ट्रान्समिसन लिङ्क पुर्याएर फाइवर टू द होम (एफटिटीएच) नेटवर्कको सुरुआत गरेकी छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित कार्यक्रममा एफटिटीएचको भर्चुअल सुरुआत गर्दै सरकारका प्रवक्ता शर्माले कान्छो जिल्ला रुकुममा एफटिटीएच जोड्न पाउँदा खुसी लागेको बताईन्। अब हुम्ला र डोल्पामा पनि सो सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरिन्।

मन्त्री शर्माले भनिन्, “सूचना र सञ्चारको विकासमा सरकार प्रतिबद्ध छ, पछिल्लोपटक भूकम्पप्रभावित जिल्लामा इन्टरनेट सेवा पुर्याउनुपर्छ।”

उनले सञ्चारको विकासले अन्य क्षेत्रमा प्रभाव पार्ने भएकाले सञ्चारको विकास अपरिहार्य भएको बताईन्। सांसद पूर्णबहादुर घर्तीले रुकुममा आधुनिक सूचना प्रविधि जोडिनु सकारात्मक भएको बताए।

मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर राउतले ग्राहकलाई गुणस्तरीय सेवा दिन निर्देशन दिए।

सोही अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीले हालसम्म ७४ जिल्लामा ‘फोर जी’ सेवा पुर्याइसकेको जानकारी दिईन्। रासस

प्रकाशित: २५ पुष २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार