
काठमाडौं ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
पत्रकार सम्मेलनमा सिआईबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यका अनुसार निजको साथबाट तीस लाख ९२ हजार नेपाली रुपैयाँ बराबरका विभिन्न १७ देशका मुद्राका साथै रु तीन करोड तीन लाख ७५ हजार बरामद गरिएको छ।
निजको साथबाट १४ थान मोबाइल, चार थान ल्यापटप र ट्याब, बीस ओटा पेन ड्राइभ, रेकर्डर, मेमोरी कार्डलगायतका विद्युतीय सामग्री बरामद गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।
साथै उनको निवासबाट प्रहरीले एउटा गाडी, एउटा गाडीको साँचाे, ४ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
निजविरुद्ध यौन सन्तुष्टी प्राप्त गर्ने तथा बालयौन शोषण तथा व्यक्ति बेपत्ता गरेको आरोपमा जाहेरी दर्ता भएको थियो ।
प्रकाशित: २५ पुष २०८०, बुधबार