इन्जिनियरको लाइसेन्स परीक्षाको अनलाइन आवेदन खुल्दै

  • Technology Khabar | २५ पुष २०८०, बुधबार
इन्जिनियरको लाइसेन्स परीक्षाको अनलाइन आवेदन खुल्दै

काठमाडौं ।

नेपाल इन्जिनियरिङ परिषदले इन्जिनियर व्यवसायी दर्ता हुन अनलाइन आवेदन खुल्ला गर्ने भएको छ। परिषदले बुधबार पुस २५ गते सूचना जारी गर्दै साधारण दर्तावाला इन्जिनियरको दर्ता परीक्षको लागि आवेदन फाराम आह्वान गरेको छ।

नेपाल इन्जिनियरिङ परिषद ऐन, २०५५ (पहिलो संसोधन ऐन, २०७९) को व्यवस्था अनुसार २०७९ चैतदेखि परिषदले इन्जिनियर व्यवसायी दर्ता हुनका लागि लाइसेन्सको परीक्षा लिँदै आइसकेको छ। परिषदले हालसम्म तीन पटक लाइसेन्स परीक्षा सञ्चालन गरेको छ।

साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता सम्बन्धी परीक्षका लागि २ हजार ५०० परीक्षा शुल्क सहित पुस २९ गतेदेखि फागुन ६ गतेसम्म अनलाइन फाराम खुल्ला गर्दैछ। यस्तै दोब्बर दस्तुर सहित फागुन ७ गतेदेखि फागुन १३ गते सम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

अनलाइन फाराम परिषदको आधिकारिक वेबसाइटबाट भर्न सकिन्छ। परीक्षाको मिति र अन्य जानकारीका लागि परिषदको वेबसाइट हेर्न अनुरोध गरिएको छ।

प्रकाशित: २५ पुष २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...