१६ हजार फिटको उचाइमा उडेको विमानको झ्याल फुट्दा खसेको आईफोन सकुशल भेटियो

Technology Khabar २५ पुष २०८०, बुधबार

काठमाडौं ।

हवाईजहाजबाट खसेपछि पनि आईफोन सुरक्षित रहेको एक दूर्लभ घटना भएको छ। अलास्का एयरलाइन्सको उडानबाट यो स्तब्ध पार्ने घटना बाहिर आएको हो। हालै १६ हजार फिटको उचाइमा उडेको विमानको झ्याल फुट्दा समस्यामा परेको थियो। र हवाइजहाजबाट धेरै सामान हावामा उड्न थालेका थिए। यसैबीचमा एउटा आईफोन पनि खस्यो। तर आश्चर्य त्यसबेला भयो, जब आईफोन पुन: प्राप्त भयो र सुरक्षित र स्वस्थ थियो।

मिडिया रिपोर्टकाअनुसार अलास्का एयरलाइन्सको उडान एएसए १२८२ पोर्चुगलको ओरेगनबाट क्यालिफोर्नियाको ओन्टारियोतर्फ गइरहेको थियो । विमान १६ हजार फिटको उचाइमा थियो जब यसको झ्याल फुटेको थियो। यो घटना हुनासाथ त्यहाँ असामान्य वातावरण बन्यो ।

विमान भित्रबाट सामानहरु हावामा उड्न थालेका थिए। एउटा आईफोन पनि फुटेको झ्यालबाट ठोक्किएर बाहिर हावामा गएर जमिनमा खस्न पुग्यो । अचम्मको कुरा आईफोन सडकको छेउमा बरामद भएको थियो। त्यतिबेला पनि सो फोन फ्लाईट मोडमा थियो भने यसको स्क्रिन प्रोटेक्टर र कभरको अवस्था पनि राम्रो थियो।

यो सम्पूर्ण मामिला ट्वीटरमा खुलासा गरिएको छ। केही तस्विरहरु पनि सार्वजनिक भएका छन् जसमा आईफोनको अवस्था देख्न सकिन्छ, जुन निकै राम्रो छ। समग्रमा फोन काम गर्ने अवस्थामा छ। यद्यपी, यति उचाइबाट खसेको आईफोन कुन मोडलको हो भन्ने अहिलेसम्म पत्ता लागेको छैन।

उक्त फोन सिनाथन बेट्स नामक पैदल यात्रुले बाटोमा हिँड्दा फेला पारेका थिए। जसले आफैंलाई गेम डेभलपरको रुपमा एक्समा उल्लेख गरेका छन्।

मिडिया रिपोर्टका अनुसार अमेरिकाको सरकारी विभागले पनि यो घटनाको पुष्टि गरेको छ र भेटिएको आईफोन राम्रो अवस्थामा रहेको बताइएको छ।

विमानबाट यति उचाइबाट आईफोन खसेको यो पहिलो घटना हो। यति उचाइबाट खसेपछि पनि आईफोन सकुशल रहनुले कम्पनीले आफ्ना उत्पादनहरू निर्माण गर्न कत्तिको मेहनत गर्छ भन्ने संकेत गर्छ।

प्रकाशित: २५ पुष २०८०, बुधबार

तपाइको प्रतिक्रिया