मेटाले किशोर किशोरीहरुले इन्स्टाग्राम र फेसबुकमा हेर्न सक्ने सामग्रीमा सुरक्षा थप गर्ने

  • Technology Khabar | २५ पुष २०८०, बुधबार
मेटाले किशोर किशोरीहरुले इन्स्टाग्राम र फेसबुकमा हेर्न सक्ने सामग्रीमा सुरक्षा थप गर्ने

काठमाडौं ।

मेटा प्लेटफर्मले मंगलबार किशोर किशोरीहरुले इन्स्टाग्राम र फेसबुकमा हेर्न सक्ने सामग्रीमा सुरक्षा थप गर्ने बताएको छ। विश्वभरका नियामहरुले सम्भावित हानिकारक सामग्री सिमित गर्न सोशल मिडिया फर्मलाई दबाब दिएपछि मेटाले सामग्री सुरक्षा थप गर्ने घोषणा गरेको रोयटर्सले उल्लेख गरेको छ।

कम्पनीले ब्लग पोस्टमा कम्पनीले सबै किशोरहरूलाई इन्स्टाग्राम र फेसबुकमा अधिक प्रतिबन्धित सामग्री नियन्त्रण सेटिङहरूमा राख्न सुरु गर्नेछ र फोटो–सेयरिङ एपमा थप सर्च शब्दहरू प्रतिबन्धित गर्ने लेखेको छ।

प्रकाशित: २५ पुष २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार