फक्सवागनको सवारी साधनमा च्याटजीपीटीको सुविधा

Technology Khabar २५ पुष २०८०, बुधबार

काठमाडौं ।

फक्सवागनले आईडीए भ्वाइस असिस्टेन्ट सुसज्जित आफ्नो सवारीमा एआई सञ्चालित च्याटबट च्याटजीपीटी समावेश गर्ने योजना घोषणा गरेको छ।

लस भेगासमा सीईएस २०२४ मा गरिएको यो घोषणाले एआई प्रविधि मार्फत ड्राइभिङ अनुभव बढाउने फक्सवागनको प्रतिबद्धतालाई संकेत गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

यस वर्षको दोस्रो त्रैमासिकमा युरोपबाट रोलआउट सुरु गर्ने तालिका रहेको छ। को लागि तय गरिएको छ। यस इन्ट्रिग्रेसनकोको सुरुवात फक्सवागनको ईभी सिरिजमा उपलब्ध हुनेछ। जसमा आईडी डट७, आईडी डट४, आईडी डट५ र आईडी डट३ का साथै नयाँ टिगुआन, पसाट र गोल्फ मोडलमा हुनेछ।

ओपनएआईले विकास गरेको च्याटजीपीटी प्रविधिलाई अँगाल्ने सबैभन्दा ठूलो अटोमेकरको रुपमा फक्सवागन उभिएको छ। मर्सिडिज बेन्जले जूनमा आफ्नो एमबीयूएक्स इन्फोटेनमेन्ट सिस्टममा कन्भर्सेन्सल एआई बट इन्ट्रिग्रेटेड गरेको थियो।

सुरुवातमा इन्फोटेनमेन्ट, नेभिगेसन, एयर कन्डिसन नियन्त्रण गर्न र सामान्य ज्ञान प्रश्नहरूको जवाफ दिनको लागि डिजाइन गरिएको, च्याटजीपीटीको लक्ष्य आफ्नो क्षमताहरू विस्तार गर्ने रहेको छ।

फक्सवागनले ‘वार्तालापलाई समृद्ध बनाउने, प्रश्नहरूको जवाफ दिने, सहज भाषामा अन्तरक्रिया गर्ने, गाडी–विशिष्ट जानकारी प्राप्त गर्ने, र थप धेरै – विशुद्ध ह्यान्ड्स–फ्री’ जस्ता सुविधाहरूको प्रतिज्ञा गर्दछ।

अनुभव बढाउनका लागि फक्सवागनले सेरेन्सको एक अधिक विशिष्ट ठूलो भाषा मोडल (एलएलएम)को पनि प्रयोग गर्दैछ जसले सीएएलएलएम भनिन्छ। जुन करिब १० सवारीसाधान विशोष प्रश्नहरु सम्बोधन गर्न सक्षम छ।

यो सुविधा लन्च भएपछि, ड्राइभरहरूले परिचित ‘हेलो आईडीए’ वेक शब्द प्रयोग गरेर वा स्टेयरिङ ह्वील बटन थिचेर आईडीए भ्वाइस असिस्टेन्टसँग अन्तरक्रिया गर्न सक्छन्। यदि भ्वाइस असिस्टेन्टले आफ्नो क्षमताभन्दा बाहिरको अनुरोधको सामना गर्छ भने, यसले क्वेरीलाई एआई च्याटबटमा फर्वार्ड गर्नेछ।

प्रकाशित: २५ पुष २०८०, बुधबार

तपाइको प्रतिक्रिया