सीईएस २०२४ मा कियाले देखायो ‘किया प्लेटफर्म बियोन्ड भेहिकल’ अवधारणा

  • Technology Khabar | २५ पुष २०८०, बुधबार
सीईएस २०२४ मा कियाले देखायो ‘किया प्लेटफर्म बियोन्ड भेहिकल’ अवधारणा

काठमाडौं ।

कोरियाली अटो ब्रान्ड किया मोटर्स सीईएसमा हालैको अनावरणसँगै नयाँ क्षेत्रहरूमा प्रवेश गरिरहेको छ। कोरियाली अटोमेकरले कमर्सियल इलेक्ट्रिक भेहिकल (ईभी) बजारमा किया प्लेटफर्म बियोन्ड भेहिकल (पीबीभी) नामक एउटा रोचक अवधारणा प्रस्तुत गरेको छ।

कमर्सियल सेक्टर (व्यापारिक क्षेत्र) मा मोबिलिटी (गतिशीलता) र युटिलिटी (उपयोगिता) लाई पुनः परिभाषित गर्ने लक्ष्य राख्दै यो इनोभेटिभ आईडिया परम्परागत सवारी साधनको डिजाइनभन्दा परको रहेको उल्लेख गरिएको छ।

पीबीभी एउटै मात्र गाडी नभएर विभिन्न प्रकारका इलेक्ट्रिक भेहिकल्स (विद्युतीय सवारी साधनहरू) लाई समर्थन गर्ने भर्सटाइल प्लेटफर्म भएको उल्लेख छ। यसमा पीभी १ नामक एउटा कम्प्याक्ट भ्यान, पीभी ७ भनिने लामो दूरीको ढुवानीका लागि ठूलो भ्यान र मिडसाइजको पीभी५ समावेश रहेका छन् भने अटोनोमस रोबोट्याक्सी सहित थप अन्य केही भेरियन्टहरूमा पनि उपलब्ध हुनेछ।

साथै यिनीहरूको मोड्युलर डिजाइनले यी गाडीहरूलाई एक अर्कादेखि अलग राख्नलाई मद्दत गर्नेछ। गाडीको एउटै चेसिसलाई विभिन्न उद्देश्यहरू पूरा गर्नका लागि दिनमा ट्याक्सी, रातमा डेलिभरी भ्यान र सप्ताहन्तमा मनोरञ्जनात्मक सवारीको रुपमा ड्राइभरको पछाडिका भागहरूलाई रूपान्तरण गर्न सकिने उल्लेख गरिएको छ।

यो अनुकूलनता एक युनिक हाइब्रिड इलेक्ट्रोम्यागनेटिक  र मेकानिकल कपलिंङ टेक्नोलोजी मार्फत हासिल गरिएको उल्लेख छ। साथै सवारी साधनहरू वेल्डलेस पनि भएकाले विभिन्न आकार र फङ्गसन्स अनुरूप सजिलो तवरले परिमार्जन गर्न सकिने जनाइएको छ।

पीबीभी लाइनको साथ सफ्टवेयर क्षेत्रमा पनि विस्तार गर्ने कियाको महत्वाकांक्षा रहेको जनाइएको छ। त्यसका साथै कम्पनीले टेलर्ड विजनेस सलुन्स (अनुकूल व्यापार समाधानहरू) प्रदान गर्न फ्लीट म्यानेजमेन्ट टूल्स (व्यवस्थापन उपकरणहरू), ओभर–द–एयर अपडेटहरू र एआई टेक्नोलोजी (प्रविधिहरू) समावेश गर्ने योजना बनाएको छ। साथै यो अप्रोचले अब कारहरू मात्र बिक्री नगरेर कम्प्रिहेन्सिभ मोबिलिटी सोलुसन्स प्रदान गर्न तर्फ कियाको रणनीतिमा परिवर्तन भएको संकेत गरेको उल्लेख छ।

प्रकाशित: २५ पुष २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार