चिनियाँ गिली अटोद्वारा बजेट अनुकूल ‘ग्यालेक्सी ई८’ अनावरण

  • Technology Khabar | २५ पुष २०८०, बुधबार
चिनियाँ गिली अटोद्वारा बजेट अनुकूल ‘ग्यालेक्सी ई८’ अनावरण

काठमाडौं ।

गिली अटो ग्रुपले आधिकारिक रूपमा ग्यालेक्सी ई८ लन्च गरेको छ। साथै यसले मुख्यधाराको इलेक्ट्रिक भेहिकल (ईभी) बजारको खोजीमा महत्वपूर्ण कदम चालेको छ।

ग्यालेक्सी ई८ को मूल्य २४,७५२ अमेरिकी डलर रहेको हुनाले यसले बजेट–सचेत उपभोक्ताहरूका लागि थप किफायती विकल्प प्रदान गर्दै बीवाईडीको लोकप्रिय इलेक्ट्रिक भेहिकलको एक शक्तिशाली प्रतिस्पर्धीको रूपमा आफूलाई उभ्याउने उल्लेख छ।

यसको सस्टेनेबल एक्सपिरियन्स आर्किटेक्चर (एसईए) मार्फत सस्टेनेबल मोबिलिटी (दिगो गतिशीलता) प्रति कम्पनीको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्ने जनाइएको छ। गिली अटोले सन् २०२५ सम्ममा ग्यालेक्सी लाइनअप अन्तर्गत कुल सात ओटा मोडलहरू ल्याउने योजना बनाएको छ, जसमा प्लग–इन हाइब्रिड र पियोर इलेक्ट्रिक विकल्पहरू समावेश गरिएको उल्लेख छ।

ग्यालेक्सी ई८ मध्यम देखि ठूलो साइजको इलेक्ट्रिक सेडानको लम्बाइ ५,०१० एमएम रहेको छ भने यसको चौडाइ १,९२० एमएम र उचाइ १,४६५ एमएम रहेको छ। साथै यसको ह्वीलबेसको मापन २,९२५ एमएम रहेको छ।

गिली अटोका सीईओ जेरी ग्यानले ग्यालेक्सी ई८ ले मुख्यधाराको प्लग–इन हाइब्रिड र शुद्ध विद्युतीय सवारीका उत्साहीहरूलाई लक्षित गर्दै प्रतिस्पर्धात्मक ईभी खण्डमा सबैभन्दा फराकिलो बजार हिस्सा कब्जा गर्ने लक्ष्य राखेको कुरामा जोड दिए।

ग्यालेक्सी ई८ ले ४७५ किलोवाट पावर उत्पादन गर्ने डुअल मोटर्सका साथ हाई–पर्फमेन्स सिलिकन कार्बाइड इलेक्ट्रिक ड्राइभ सिस्टम (प्रणाली) को विशेषता सहित धेरै प्रारम्भिक मूल्यहरूका साथै विविध ट्रिमहरू प्रदान गर्दछ। साथै ८०० भी (भोल्टे) हाई–भोल्टेज प्लेटफर्ममा आधारित टप–अफ–द–लाइन भर्सनले पाँच मिनेटको चार्जमा १८० किलोमिटरको उल्लेखनीय दायरा हासिल गर्छ भने मात्र ३.४९ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घन्टाको गति लिने उल्लेख गरिएको छ।

त्यसैगरी यसको ककपिट भित्र, ग्यालेक्सी ई८ ले अत्याधुनिक प्रविधि समावेश गरेको छ भने क्वालकम स्न्यापड्रागन ८२९५ चिपद्वारा संचालित हुनेछ।

स्ट्याण्डर्ड फिचर्स मा ८के रिजोल्युसनको साथ ठूलो ४५ इन्च स्क्रिन समावेश गरिएको छ, जसले चीनको ईभी क्षेत्रमा नयाँ बेन्चमार्क सेट गरेको छ।

प्रकाशित: २५ पुष २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार