सञ्चार तथा सूचना प्रविधि सचिव राउतको सरुवा, रामकृष्ण सुवेदी संचार मन्त्रालय भित्रिए

  • Technology Khabar | २४ पुष २०८०, मंगलवार
सञ्चार तथा सूचना प्रविधि सचिव राउतको सरुवा, रामकृष्ण सुवेदी संचार मन्त्रालय भित्रिए
फाइल तस्विर

काठमाडौं ।

सरकारले सञ्चार तथा सूचना प्रविधि सचिवको सरुवा गरेको छ। मंगलबार पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार सचिव कृष्णबहादुर राउतलाई संचारबाट सरुवा गर्ने निर्णय गरेको हो।

उनको स्थानमा सरकारले रामकृष्ण सुवेदीलाई सञ्चार मन्त्रालयको जिम्मा दिएको सञ्चार मन्त्रालय स्रोतले जानकारी दिएको छ।

उनकाअनुसार गत साता बिहिबारदेखिनै मन्त्रालयमा यस बारेमा छलफल भईरहेको थियो र आजको मन्त्रीपरिषदबाट सरुवा गरिएको हो।

“एकै दिन एनटीएका अध्यक्षको राजीनामा स्वीकृत र संचार सचिव हट्नु संयोग मात्र हो अरु केहि होईन्,” स्रोतले भन्यो।

सचिव राउतलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरी रामकृष्ण सुवेदीलाई सञ्चार मन्त्रालयमा ल्याएको हो।

प्रकाशित: २४ पुष २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...