दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालको राजीनामा स्वीकृत, नवराज अधिकारीलाई कार्यवाहकको जिम्मा

  • Technology Khabar | २४ पुष २०८०, मंगलवार
दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालको राजीनामा स्वीकृत, नवराज अधिकारीलाई कार्यवाहकको जिम्मा

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पेश गरेको राजीनामा सरकारले स्वीकृत गरेको छ।

२०८० पुस २४ गते आज बसेको मन्त्रिपरिषद् बैठकले रिक्त पदमा दूरसञ्चार नियमावलीको नियम ३ ‘क’ बमोजिम प्राधिकरणका सदस्य नवराज अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक अध्यक्ष तोक्ने निर्णय गरेको हो।

यसका साथै रिक्त अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय समेत गरेको छ।

खनालले आजै बिहान पदबाट राजीनामा दिएका थिए।

राजापुर ५ बर्दियाका अधिकारीलाई सरकारले २०८० असार १२ गते प्राधिकरण बोर्ड सदस्यको रुपमा नियुक्त गर्ने निर्णय गरेको थियो।

प्रकाशित: २४ पुष २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार