प्रतिलिपि अधिकार सामग्री बिना च्याटजीपीटी जस्ता एआई उपकरण सिर्जना गर्न असम्भवः ओपनएआई

  • Technology Khabar | २४ पुष २०८०, मंगलवार
प्रतिलिपि अधिकार सामग्री बिना च्याटजीपीटी जस्ता एआई उपकरण सिर्जना गर्न असम्भवः ओपनएआई

काठमाडौं ।

विकासकर्ता ओपनएआईले प्रतिलिपि अधिकार (कपि राइट) सामग्रीमा पहुँच बिना च्याटबट च्याटजीपीटी जस्ता उपकरणहरु सिर्जना गर्न असम्भव हुने बताएको छ। आर्टिफिसियल इन्टेलिजेन्स फर्महरु माथि उनीहरुको उत्पादनलाई तालिम दिन प्रयोग गरिने सामग्रीको सम्बन्धमा दबाव बढ्दो छ।

च्याटबटहरू जस्तै च्याटजीपीटी र स्टेबल डिफ्यूजन जस्ता इमेज जेनेरेटरहरू इन्टरनेटबाट लिइएको डाटाको विशाल खण्डमा “प्रशिक्षित“ हुन्छन्, जसमा धेरैजसो प्रतिलिपि अधिकारले कभर गरेको हुन्छ। कसैको काम बिना अनुमति प्रयोग भइरहेको विरुद्ध कानुनी सुरक्षा प्रदान गर्नेगरी।

गत महिना न्यूयोर्क टाइम्सले ओपनएआई र माइक्रोसफ्ट विरुद्ध मुद्दा दायर गरेको थियो। माइक्रोसफ्ट ओपनएआईको प्रमुख लगानीकर्ता हुनुका साथै उत्पादनमा आफ्नो उपकरण प्रयोग गर्छ। ओपनएआई र माइक्रोसफ्टलाई न्यूयोर्क टाइम्सले आफ्नो कामको गैरकानूनी रुपमा प्रयोग गरेको आरोप लगाएको छ।

हाउस अफ लर्ड्स कम्युनिकेसन र डिजिटल चयन समितिमा ओपनएआईले आफ्नो च्याटजीपीटी ४ मोडल च्याटजीपीटीको प्रविधि प्रतिलिपि अधिकार कार्यमा पहुँच बिना ठूला भाषा मोडेलहरूलाई तालिम दिन नसकिने बताएको छ।

‘किनभने आज प्रतिलिपि अधिकारले लगभग सबै प्रकारको मानव अभिव्यक्तिलाई समेट्छ – ब्लगपोस्टहरू, फोटोहरू, फोरम पोष्टहरू, सफ्टवेयर कोडको स्क्र्यापहरू, र सरकारी कागजातहरू – प्रतिलिपि अधिकार सामग्रीहरू प्रयोग नगरी आजका प्रमुख एआई मोडेलहरूलाई तालिम दिन असम्भव हुनेछ,’ ओपनएआईले आफ्नो सबमिशनमा भनेको टेलीग्राफले रिपोर्ट गरेको छ।

यसमा भनिएको छ प्रतिलिपि अधिकार बाहिरका पुस्तकहरू र रेखाचित्रहरूमा प्रशिक्षण सामग्री सीमित गर्दा अपर्याप्त एआई प्रणालीहरू उत्पादन हुनेछ। ‘सार्वजनिक डोमेन पुस्तकहरू र एक शताब्दी भन्दा बढी पहिले सिर्जना गरिएका रेखाचित्रहरूमा प्रशिक्षण डेटा सीमित गर्नाले चाखलाग्दो प्रयोग हुन सक्छ, तर आजका नागरिकहरूको आवश्यकताहरू पूरा गर्ने एआई प्रणालीहरू प्रदान गर्दैन।’

प्रकाशित: २४ पुष २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार