भारतको मध्य प्रदेशका ग्रामीण क्षेत्रमा ड्रोनमार्फत औषधि ढुवानी गरिने

Technology Khabar २४ पुष २०८०, मंगलवार

भारतको मध्य प्रदेशका ग्रामीण क्षेत्रमा ड्रोनमार्फत औषधि ढुवानी गरिने
सांकेतिक तस्बिर

काठमाडौं ।

भारले मध्य प्रदेशका ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरूका ड्रोनमार्फत औषधि पुर्याउने भएको छ। भोपालको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा ड्रोन स्टेशन बनाइएको छ, जहाँबाट ड्रोनमार्फत ग्रामीण क्षेत्रमा औषधि पुर्याइनेछ।

मध्य प्रदेशको भ्रमणमा रहेका केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मण्डावियाले इन्दौरको जीपीओ चौराहेमा केन्द्रीय औषधि मानक नियन्त्रण संगठन उप क्षेत्रीय कार्यालय र केन्द्रीय औषधि परीक्षण प्रयोगशालाको उद्घाटन गरे। उनले एम्स भोपालमा पाँच ओटा आधुनिक सुविधाको पनि उद्घाटन गरे।

भारतीय समाचार एजेन्सी आईएएनएसको रिपोर्टअनुसार यी मध्ये सबैभन्दा प्रमुख ट्रमा र इमर्जेन्सी अपरेशन थिएटर कम्प्लेक्स, ड्रोन स्टेशन हो। जसका कारण आदिवासी क्षेत्रमा औषधि पुर्याउन सकिन्छ।

ड्रोनबाट औषधि पठाउने सफल प्रयोगात्मक परीक्षण पनि गरिएको बताइएको छ। सामान्यतया ६० किलोमिटरको दुरीमा एकदेखि दुई घण्टाको समय सजिलै बचाउन सकिन्छ। ड्रोनबाट मात्र ३० मिनेटदेखि एक घण्टामा औषधि सम्बन्धित ठाउँमा पठाउन सकिने रिपोर्टमा उल्लेख छ।

प्रकाशित: २४ पुष २०८०, मंगलवार

तपाइको प्रतिक्रिया