चीनको तेस्रो पुस्ताको सुपरकन्डक्टिङ क्वान्टम कम्प्युटर संचालनमा

Technology Khabar २४ पुष २०८०, मंगलवार

काठमाडौं ।

चीनको स्वतन्त्र रूपमा विकसित तेस्रो पुस्ताको सुपरकन्डक्टिङ क्वान्टम कम्प्युटर ओरिजिन वुकोङ्ग (Origin Wukong) पूर्वी चीनको आनहुई प्रान्तमा रहेको ओरिजिन क्वान्टम कम्प्युटिङ्ग टेक्नोलोजी हेफाई कम्पनी लिमिटेडमा शनिबारदेखि सञ्चालनमा आएको छ।

क्वान्टम कम्प्युटर एक ७२ क्यूबिट स्वदेशी सुपरकन्डक्टिंग क्वान्टम चिप वुकोङ्गद्वारा संचालित छ। अनुसन्धानकर्ताहरूका अनुसार, यो चीनको नवीनतम र सबैभन्दा उन्नत प्रोग्रामेबल र डेलिभर गर्न मिल्ने सुपरकन्डक्टिङ क्वान्टम कम्प्युटर भएको सिन्ह्वाले रिपोर्ट गरेको छ।

एन्हुई क्वान्टम कम्प्युटिङ इन्जिनियरिङ रिसर्च सेन्टरका उपनिर्देशक कोङ वेइचेङले कम्प्युटरलाई तेस्रो पुस्ताको क्वान्टम कम्प्युटिङ कन्ट्रोल प्रणालीसँग एकीकृत गरिएको छ, जसले क्वान्टम कम्प्युटरको समग्र परिचालन क्षमतालाई धेरै गुणाले बढाउने बताए।

एन्हुइ क्वान्टम कम्प्युटिङ इन्जिनियरिङ रिसर्च सेन्टरको क्वान्टम कम्प्युटिङ चिप प्रान्तीय मुख्य प्रयोगशालाका उपनिर्देशक जिया झिलोङले वुकोङ चिपमा ७२ कम्प्युटेशनल क्विट र १२६ कप्लर क्विटहरू समावेश गरी १९८ क्यूबिट रहेको बताए।

वुकोङ्गको नाम एक पौराणिक चिनियाँ व्यक्तित्व संग ७२ विभिन्न रूपमा रूपान्तरण गर्ने क्षमतासंग सन वुकोङ्गबाट प्रेरित थियो, जसलाई कम्प्युटरको शक्तिशाली र बहुमुखी क्षमताको प्रतीकको रुपमा लिईएको छ।

प्रकाशित: २४ पुष २०८०, मंगलवार

तपाइको प्रतिक्रिया