रेडमी नोट १३ सिरिज विश्वव्यापी लन्च अघि अमेजनमा देखियो

Technology Khabar २४ पुष २०८०, मंगलवार

काठमाडौं ।

चीन र भारतमा लन्च भएको रेडमी नोट १३ सिरिज विश्वव्यापी रुपमा १५ जनवरीमा लन्च हुँदैछ। तर विश्वव्यापी लन्च अघि रेडमी नोट १३ सिरिज आधिकारिक रुपमा अमेजन जमर्नीमा सूचिकृत भएको छ।

रेडमी नोट १३ सिरिज फोरजी र फाइभजी भर्सनमा उपलब्ध हुनेछ। रेडमी नोट १३ सिरिज फोरजी स्न्यापड्रागन ६८५ चिप र फाइभजी डाइमेनसिटी ६०८० चिप सेटमा उपलब्ध हुनेछ।

दुबै फोनहरु ६.६७ इन्च डिस्प्लेका साथ सूचीबद्ध छन् तर नोट १३ फाइभजी एफएचडी प्लस रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेटका साथ उपलब्ध हुनेछ र फोरजी ह्यान्डसेटमा पनि समान विशेषता हुने सम्भावना रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

८ जीबी र्याम र २५६ जीबी स्टोरेजको फोरजी मोडलको मूल्य २५९ यूरो र फाइभजी मोडलको मूल्य २९५ यूरो तोकिएको छ।

प्रकाशित: २४ पुष २०८०, मंगलवार

तपाइको प्रतिक्रिया