सीईएस २०२४ मा सामसङले ल्यायो विश्वकै पहिलो ट्रान्सप्यारेन्ट माइक्रोएलइडी स्क्रिन

  • Technology Khabar | २४ पुष २०८०, मंगलवार
सीईएस २०२४ मा सामसङले ल्यायो विश्वकै पहिलो ट्रान्सप्यारेन्ट माइक्रोएलइडी स्क्रिन

काठमाडौं ।

सीईएस २०२४ अमेरिकाको लस एन्जल्समा शुरु भएको छ र यसको फर्स्ट लुक कार्यक्रममा सामसङले संसारको पहिलो ट्रान्सप्यारेन्ट (पारदर्शी) माइक्रोएलईडी डिस्प्ले डेब्यु गरेको छ।

यद्यपि यसको लागत कति हुन्छ वा यो प्रविधिले रिटेल डिभाइस (खुद्रा उपकरणहरू) मा आफ्नो बाटो कहिले फेला पार्छ भन्ने बारेमा भने अझै सम्म पनि कुनै जानकारी प्राप्त छैन् । सामसङले उक्त कार्यक्रममा केही फरक डिजाइनका साथ तीन ओटा फरक ट्रान्सप्यारेन्ट (पारदर्शी) माइक्रो एलईडी डिस्प्लेहरू प्रदर्शन गरेको हो।

दुईओटा डेमो युनिटहरूमा टिन्टेड ग्लासलाई फिचर्ड गरिएको र जसले प्यानल्स पछाडिको कुनै पनि सम्भावित डिस्ट्रिक्टिङ्ग अबजेक्टस (वस्तुहरू) लाई बेवास्ता गर्न सजिलो बनाउने र अर्को युनिट भने फ्रेमलेस डिजाइनका साथ नियमित ग्लास जस्तै पारदर्शी देखिएको उल्लेख गरिएको छ।

कन्टेन्टहरु मिड–एयर (मध्य–हावा) मा फ्लोट (तैरिएको) जस्तै देखिने भएकाले कन्टेन्टलाई लगभग होलोग्राम जस्तो देखिने र त्यसै कारणले गर्दा व्यक्तिगत रूपमा, सामसङको पारदर्शी माइक्रो ओएलइडी डिस्प्लेको ईफेक्टलाई वर्णन गर्न गाह्रो हुनेछ।

त्यसैगरी सबै डेमो युनिटहरू फ्रिस्ट्यान्डिङ हुनुका साथै तिनीहरुको थिकनेस (बाक्लो) केवल एक सेन्टिमिटर मात्र मापन गर्ने भएकोले फ्लोटिङ्ग स्क्रिनको इलुजन (भ्रम) लाई अझ बढी थप रुपमा मद्दत पुर्याएको जनाइएको छ। त्यसका साथै माइक्रो एलइडीको हाई पिक्सेल डेनसिटीको कारणले इमेजहरू पनि अविश्वसनीय रूपमा सार्प देखिएको थप उल्लेख छ।

अहिलेसम्म सामसङले ईडीएम सँग ओभरफ्लोईङ्ग भएको एक मात्र भर्टिकल (ठाडो) भिडियो अपलोड गरेको छ।

पारदर्शी ओएलईडी प्यानलहरुको तुलनामा पारदर्शी माइक्रोएलइडी डिस्प्लेको ब्राईटनेस (चमक) उच्च हुने भएकाले तिनीहरुलाई एम्बियन्ट लाइटले पनि कम असर गर्ने सामसङका प्रतिनिधिले जनाएका छन्।

सामसङको हालको नन्–ट्रान्सप्यारेन्ट (गैर–पारदर्शी) माइक्रोएलईडी टिभीहरूको ११० इन्च मोडलको हालको लागत १ लाख ५० हजार अमेरिकी डलर रहेको र यी नयाँ डिस्प्लेहरू किफायती हुनका लागि अझ धेरै लामो समय लाग्ने उल्लेख गरिएको छ।

प्रकाशित: २४ पुष २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...