चीनमा एप्पलको बिक्री ३० प्रतिशतले घट्यो, सन् २०२४ मा पनि गिरावट जारी रहने

  • Technology Khabar | २३ पुष २०८०, सोमबार
चीनमा एप्पलको बिक्री ३० प्रतिशतले घट्यो, सन् २०२४ मा पनि गिरावट जारी रहने

काठमाडौं ।

चीनमा एप्पलको बिक्री घटेको र यो प्रवृत्ति सन् २०२४ मा पनि जारी रहने जेफरीज विश्लेषकहरूको भनाइलाई ब्लूमबर्गले उद्धृत गरेको छ।

आईफोन १५ सिरिजले असामान्य रूपमा सुस्त सुरुवात देखेको र यसको परिणामस्वरूप वार्षिक दरमा ३० प्रतिशतले गिरावट आएको उल्लेख गरिएको छ।

ह्वावेले भने प्रभावशाली वृद्धि संख्याहरू पोस्ट गरेको जनाइएको छ। साथै यस वृद्धिको श्रेय मेट ६० लाईनअपलाई जाने छ, जुन घरेलु बजारमा अत्यन्त सफल साबित भएको छ।

मेट ६० प्रो लाई आश्चर्यजनक रुपमा घोषणा गरेको दुई हप्ता पछि आईफोन १५ लन्च गरिएको थियो। मानिसहरूलाई ह्वावेको नयाँ मेड–इन–चाइना प्रोसेसर सहितको ह्वावे फ्ल्यागशिपतर्फ देशभक्तिले तानेको विश्लेषकहरूले दाबी गरेको र जसको बारेमा कम्पनीका अधिकारीहरूले भने आधिकारिक रूपमा विस्तृत रूपमा भन्न बाँकी नै रहेको उल्लेख छ।

रिपोर्टअनुसार जेफरीजको अनुमान अनुसार ह्वावेले ३५ मिलियन स्मार्टफोन ढुवानी गरेको र आपूर्तिमा केही अवरोध नभएको भए अझ बढी ढुवानी हुन सक्ने बताएका छन्।

भोल्युममा आएको एप्पलको दोहोरो अंकको गिरावट आगामी वर्षसम्ममा पनि जारी रहने अनुमान गरिएको छ। गत हप्ता विभिन्न अनलाइन सपिङ पोर्टलहरूमा मल्टिपल आईफोन डीलहरू देखिएका थिए। जसमा, कम मूल्य भए तापनि बिक्रीमा भने सुधार हुन नसकेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

प्रकाशित: २३ पुष २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...