
काठमाडौं ।
सुदूरपश्चिम प्रदेशमा इन्टरनेट प्रयोगकर्ता २८ लाख भन्दा बढी पुगेको देखिएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन २०७९/८० को वार्षिक प्रतिवेदनमा सुदूरपश्चिम प्रदेशमा इन्टरनेट प्रयोगकर्ता २८ लाख ८ हजार ३६२ पुगेको देखिएको हो।
यो संख्या अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा १८.११ प्रतिशत बढेर पुगेको हो।
अघिल्लो आवको सुदूरपश्चिम प्रदेशमा इन्टरनेट प्रयोगकर्ता २३ लाख ७७ हजार ७३८ थिए।
यस्तै अघिल्लो आवको तुलनामा सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकम तथा एनसेलको ल्याण्डलाइन टेलिफोन तथा मोबाइल ४.८० प्रतिशतले बढेर २४ लाख ७३ हजार ३३६ पुगेको छ।
जसमा ल्याण्ड लाइन १० हजार ५२९ र मोबाइल प्रयोगकर्ता २४ लाख ६२ हजार ८०७ छन्।
अघिल्लो आवमा सुदूरपश्चिम प्रदेशमा ल्याण्डलाइन तथा मोबाइल प्रयोगकर्ता २३ लाख ६० हजार १४४ थिए।
प्रकाशित: २३ पुष २०८०, सोमबार