
काठमाडौं ।
होण्डा मोटर कम्पनीले क्यानाडामा लगभग २ ट्रिलियन येन ( १३.८३ बिलियन डलर) परियोजनामा विद्युतीय सवारी साधन निर्माण गर्ने विचार गरिरहेको छ जसमा ब्याट्रीको आन्तरिक उत्पादन समावेश हुन सक्ने जापानको निकाई समाचार समूहले आइतबार रिपोर्ट गरेको छ।
यो परियोजना होन्डाको सबैभन्दा ठूलो लगानी हुन सक्छ।
जापानी अटोमेकरले ओन्टारियोमा अवस्थित अटोमोबाइल कारखानाको छेउमा रहेको प्लान्टका लागि धेरै सम्भावित साइटहरू हेरिरहेको निकाईले भनेको छ। होन्डाले यो वर्षको अन्त्यसम्ममा निर्णय गर्ने र नयाँ प्लान्ट २०२८ सम्म सुरु हुने अपेक्षा गरेको छ।
होन्डाले आफ्नो नयाँ होन्डा ई आर्किटेक्चर (Honda e: Architecture) को आधारमा २०२६ मा उत्तरी अमेरिकामा ईभीहरुको उत्पादन र बिक्री सुरु गर्ने योजना बनाएको छ।
साझेदार एलजी एनर्जी सोलुसनसँग मिलेर अटोमेकरले २०२२ मा ओहायोलाई ४.४ बिलियन डलरको संयुक्त उद्यम ब्याट्री प्लान्टको साइटको रूपमा घोषणा गरेको थियो।
प्रकाशित: २३ पुष २०८०, सोमबार