
काठमाडौं ।
जनवरी १७ मा हुने सामसङ ग्यालेक्सी एस२४ अनप्याक्ड ईभेन्ट नजिकिँदै गर्दा लीकहरुको तीव्रता पनि बढ्दै गएको छ।
यसै क्रममा गोल्ड पेन्ट जब (सुनको रङ्गको कार्य) सतिहको ग्यालेक्सी एस२४ अल्ट्राको दुई ओटा लाइभ फोटोहरू (लीक) बाहिरिएको छ।
स्पष्ट रूपमा भन्नुपर्दा, यस अघि नै धेरै रेन्डरहरूमा ग्यालेक्सी एस२४ अल्ट्रा देखा परिसकेका छन्।
यद्यपि, पछिल्लो लीक्सका तस्बिरहरूमा म्याचिङ गोल्डेन (मिल्दो सुनौलो) फ्रेमको साथ गोल्ड कलरवे (सुनको रङ्ग) मा डिभाइस देखा परेको छ। साथै फ्ल्याट स्क्रिन र समग्र डिजाइनको बारेमा पनि धेरै नै पुष्टि भएको जनाइएको छ।
प्रकाशित: २३ पुष २०८०, सोमबार