बीवाईडीको पहिलो सोडियम आयन ब्याट्री सुविधा निर्माण सुरु

  • Technology Khabar | २३ पुष २०८०, सोमबार

काठमाडौं ।

बीवाईडीले आफ्नो पहिलो सोडियम आयन ब्याट्री सुविधा (उद्योग) निर्माण सुरु गरेको छ। चीनको जिआङ्सु प्रान्तको जुझाउमा बीवाईडीले सोडियम–आयन ब्याट्री उत्पादन सुविधा निर्माण सुरु गरेको सीएनईभीपोष्टले उल्लेख गरेको छ।

जिआङ्सु सरकारले शनिबार विच्याटमा पोष्ट गर्दै जनवरी ४ मा शिलन्यास समारोह आयोजना गरिएको जानकारी दिएको थियो।

जिआङ्सु आर्थिक र प्राविधिक विकास क्षेत्रमा अवस्थित यस परियोजनाले १० बिलियन आरएमबी (१.४ बिलियन अमेरिकी डलर को कुल लगानी हुनेछ। यसले मुख्य रुपमा ३० गीगावोट योजनाबद्ध वार्षिक क्षमताको साथ सोडियम–आयन ब्याट्री सेल र ब्याट्री प्याकहरू उत्पादन गर्नेछ।

२०२३ जून ८ मा हुइहाई होल्डिङ ग्रुपले बीवाईडीको शेन्जेन मुख्यालयमा बीवाईडीको ब्याट्री यूनिट फिनड्रिम्ससँग एक रणनीतिक सहयोग सम्झौतामा हस्ताक्षर गरेको बताएको थियो।

जुनमा हुइहाई द्वारा जारी प्रेस विज्ञप्ति अनुसार दुई कम्पनीहरूले जिआङ्समा सोडियम–आयन ब्याट्री उत्पादन आधार निर्माण गर्न संयुक्त उद्यम स्थापना गर्नेछन् र माइक्रोकारहरूको लागि सोडियम ब्याट्री प्रणालीको विश्वको सबैभन्दा ठूलो आपूर्तिकर्ता सिर्जना गर्न मिलेर काम गर्नेछन्।

सन् १९७६ मा स्थापित हुइहाईको व्यवसायले साना सवारी, विद्युतीय सवारी साधन, पार्टपुर्जा र कम्पोनेन्ट्स, र वित्तीय सेवाहरू समेट्छ। कम्पनीले जुनमा सोडियम ब्याट्रीको आर्थिक र सामाजिक मूल्य देखेको र वर्षौं पहिले उद्योगमा संलग्न भएको बताएको थियो।

प्रकाशित: २३ पुष २०८०, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार