भियतनामको भिनफास्टले भारतमा ५०० मिलियन डलरमा ईभी फ्याक्ट्रि लगाउने

  • Technology Khabar | २३ पुष २०८०, सोमबार
भियतनामको भिनफास्टले भारतमा ५०० मिलियन डलरमा ईभी फ्याक्ट्रि लगाउने

काठमाडौं ।

भियतनामको इलेक्ट्रिक सवारी (ईभी) निर्माता भिनफास्टले भारतमा उत्पादन सुविधा स्थापना गर्ने भएको छ। भिनफास्टले भारतमा आफ्नो पहिलो उत्पादन सुविधा स्थापना गर्न शनिबार एक सम्झौतामा हस्ताक्षर गरेको रोयटर्सले उल्लेख गरेको छ।

पछिल्लो समय भारत संसारको तेस्रो सबैभन्दा ठूलो सवारी बजारको रुपमा रहेको छ।

एक संयुक्त विज्ञप्ति अनुसार भिनफास्ट र दक्षिणी राज्य तमिलनाडुले परियोजनाको पहिलो पाँच वर्षको लागि ५ मिलियन अमेरिकी डलरको अभिप्रेरित प्रतिबद्धताको साथ २ बिलियन अमेरिकी डलरसम्मको लगानीमा काम गर्न सहमत भएको छ।

आयोजनाको ईभी र ब्याट्री उत्पादन प्लान्टको निर्माण यसै वर्ष सुरु हुने र स्थानीय रूपमा ३ हजार देखि ३ हजार ५०० रोजगारी सृजना हुने विज्ञप्तिमा उल्लेख छ।

रोयटर्सले बुधबार भिनफोस्टले मिलनाडुको थुथुकुडीमा आफ्नो पहिलो भारतीय उत्पादन सुविधा खोल्नेछ, जहाँ कम्पनी ईभी ब्याट्रीहरू बनाउनेछ भनेर रिपोर्ट गरेको थियो।

सन् २०१७ मा स्थापना भएको २०२१ देखि ईभी बनाउन थालेको भिनफास्टले विदेशमा धेरै ईभी उत्पादन गर्ने योजनाहरु घोषणा गरेको छ।

गत वर्षको अगष्टमा नास्डाकबाट डेब्यू गरेको कम्पनीले त्यसको एक महिना पछि भारतमा विस्तार गर्ने योजना बनाएको थियो।

तमिलनाडुको राजधानी चेन्नईलाई एसियाको डेट्रोइट भनिन्छ। तमिलनाडुमा भारतीय दुई पांग्रे निर्माता कम्पनी ओला इलेक्ट्रिक र एथर र चीनको बीवाईडी लगायतको उत्पादन सुविधा छ।

प्रकाशित: २३ पुष २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार