
काठमाडौं ।
अमेरिकामा आधारित एक स्टार्टअपले २ मिनेटमै अनलाइनमार्फत २०० जनालाई कम्पनीबाट निकाला गरेको छ। सो स्टार्टअपको नाम फ्रन्टडेस्क हो जसले वर्षको पहिलो ठूलो छाँटकाँट गरेको छ।
रिपोर्ट अनुसार, कम्पनीले कर्मचारीहरूलाई अनलाइन कल गरेको थियो जसको अवधि मात्र २ मिनेट थियो।
भर्चुअल कलको क्रममा, कम्पनीले २०० जनालाई बर्खास्त गर्यो। बर्खास्त गरिएका कर्मचारीहरूमा पूर्ण समय, आंशिक कालिक र करारमा काम गर्ने व्यक्तिहरू थिए।
फ्रन्टडेस्कले कर्मचारीहरूसँग दुई मिनेट गुगल मिट कल गरेको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत जेसी डिपिन्टोले कम्पनीको आर्थिक अवस्था राम्रो नभएको भन्दै कम्पनीले स्टेट रिसिभरशिप फाइल गर्ने विचार गरिरहेको बताएका थिए।
रिपोर्टका अनुसार स्टार्टअप कम्पनीले बजार दरमा अपार्टमेन्ट भाडामा दिन्छ र छोटो अवधिको भाडामा पनि उपलब्ध गराउँछ। यसको व्यवसाय ३० भन्दा बढी बजारमा फैलिएको छ। तर अग्रिम लागत, पुँजीगत खर्च र माग र दरमा भएको उतारचढावका कारण कम्पनीले समस्या भोगिरहेको जनाएको छ।
प्रकाशित: २२ पुष २०८०, आईतवार