एथर ४५० एपेक्स भारतमा लन्च, रेञ्ज १५७ किलोमिटर

  • Technology Khabar | २२ पुष २०८०, आईतवार
एथर ४५० एपेक्स भारतमा लन्च, रेञ्ज १५७ किलोमिटर

काठमाडौं ।

एथर इनर्जीले फ्ल्यागशिप इलेक्ट्रिक स्कुटर ४५० एपेक्स भारतमा लन्च गरेको छ। कम्पनीले ४५० एपेक्स १ लाख ८९ हजार भारु (एक्स शोरुम) मूल्यमा लन्च गरेको हो।

इलेक्ट्रिक स्कुटर सार्वजनिकसँगै कम्पनीले २ हजार ५०० भारुमा बुकिङ पनि सुरु गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

कम्पनीको आधिकारिक वेबसाइट मार्फत बुकिङ गर्न सकिने ४५० एपेक्सको डेलिभरी २०२४ मार्चदेखि सुरु हुनेछ। यो एथर लाइनअपको सर्वाधिक तिब्र गतिको स्कुटर हो।

एथर ४५० एपेक्सलाई कम्पनीले अपेडका साथ उपलब्ध गराएको छ। ४५० एपेक्स मा ४५० एक्सकै समान ३.७ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ। तर नयाँ स्कुटरमा रहेको रिजनरेटिभ ब्रेकिङ सिस्टमले यसको आईडीसी रेञ्ज १५७ किलोमिटरसम्म बढेको कम्पनीको दाबी छ।

एथर ४५० एपेक्समा हालको स्कुटर ४५०एक्सको तुलनामा डिजाइनमा कस्मेटिक परिवर्तन र पारदर्शी प्यानका साथ नयाँ इन्डियम ब्लू पेन्ट स्कीमले लुकलाई थप आकर्षक बनाएको छ।

नयाँ इलेक्ट्रिक स्कुटरमा नयाँ वार्पप्लस राइडिङ मोड समावेश छ। यसले ४५०एक्स वार्प मोडलाई रिप्लेस गर्छ।

एथर ४५० एपेक्स २.९ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रति घण्टा गति लिन सक्षम छ। यसको टप स्पीड १०० किलोमिटर प्रति घण्टा छ।

यो इलेक्ट्रिक स्कुटर मल्टी लेभल ब्रेक रिजनरेशनका साथ पेस गरिएको छ। यसका कारण राइडरले धेरै ब्रेकको प्रयोग गर्नु पर्दैन। यसको साट्टो थ्रोटललाई अर्को तर्फ मोडे मात्र पुग्छ र स्कुटरले ब्रेक रिजनरेशन सुरु गर्छ।

४५० एपेक्सको ब्रेक नछोइकन इलेक्ट्रिक स्कुटरको गति कम गर्न एक्सेलरेटरको १५ डिग्री पछाडि मोड्न सकिन्छ। यस फिचरलाई कम्पनीले ‘म्याजिक ट्वीस्ट’ नाम दिएको छ।

४५० एपेक्स कम्पनीको ४५० लाइनको प्लेटफर्ममा आधारित छ। त्यसैले यसको सीट उचाई, ह्वीलबेस, टायर साइज र ग्राउन्ड क्लियरेन्स करिब ४५० एक्स जस्तै छ।

४५० एपेक्समा नयाँ इनबिल्ट बेल्ट ड्राइभ सिस्टमको सुरुवात गरिएको छ। यो फिचर अब छिट्टै सबै एथर मोडलमा उपलब्ध हुनेछ।

यसका सथौ ४५० एपेक्समा ४५० एक्सको तुलनामा ब्याट्री प्याकमा धेरै वारेन्टी दिइएको छ। ४५० एक्समा ३ वर्षको लागि ३० हजार किलोमिटरको तुलनामा ४५० एपेक्समा ५ वर्षको ६० हजार किलोमिटर ब्याट्री वारेन्टी छ।

वैद्य अर्गनाइजेसनको सहायक कम्पनी ‘वैद्य इनर्जी’ले नेपाल एथर इनर्जीका स्कुटर बिक्री गर्दै आइरहेको छ।

प्रकाशित: २२ पुष २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार