
काठमाडौं ।
गुगलको ईमेल एप जिमेल एन्ड्रोइड र आईओएस दुबैमा उपलब्ध चर्चित एपमध्ये एक रहेको छ। तर एन्ड्रोइडको तुलनामा आईओएसमा जिमेलको अधिक फिचर पहुँच गर्न सकिन्छ।
अनावश्यक ईमेल डिटिल गर्नका लागि आईओएसमा रहेको ‘सेलेक्ट अल’ फिचर सबैभन्दा प्रभावकारी मानिन्छ। यो फिचर लामो समयदेखि आईओएसमा उपलब्ध रहेता पनि एन्ड्रोइड जिमेल एपमा भने भर्खर थप गरिएको छ।
तर यो फिचर सबै एन्ड्रोइड प्रयोगकर्ताका लागि भने उपलब्ध छैन। कम्पनीले उक्त फिचर सबै एन्ड्रोइड प्रयोगकर्ताका लागि नयाँ अपडेट मार्फत रोलआउट गर्ने सम्भावना रहेको गिज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: २२ पुष २०८०, आईतवार