
काठमाडौं ।
चीनले शुक्रबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट चारवटा मौसम विज्ञान स्याटेलाइट सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ।
तियानमु-१ मौसमविज्ञान तारामण्डलसँग सम्बन्धित स्याटेलाइटहरू, कुआइझोउ-१ए क्यारियर रकेटद्वारा (बेइजिङ समय) साँझ ७:२० मा प्रक्षेपण गरिएको थियो र योजनाबद्ध कक्षमा प्रवेश गरेको सिन्ह्वाले रिपोर्ट गरेको छ।
तिनीहरू मुख्यतया व्यावसायिक मौसम डाटा सेवाहरू प्रदान गर्न प्रयोग गरिनेछ।
यो कुआइझोउ-१ए रकेटहरूको २५ औं उडान अभियान थियो।
प्रकाशित: २१ पुष २०८०, शनिबार