नोकिया र अनर बिच फाईभजी पेटेन्टको क्रस–लाइसेन्सिङ सम्झौता

  • Technology Khabar | २१ पुष २०८०, शनिबार

काठमाडौं ।

नोकिया र अनरले फाईभजी टेक्नोलोजी (प्रविधि) को थप विकास र प्रयोगको लागि मार्ग सहज बनाउँदै फाईभजी पेटेन्ट क्रस–लाइसेन्सिङ सम्झौतामा हस्ताक्षर गरेका छन्।

जनवरी तारिख ४ मा घोषणा गरिएको यो सम्झौताले फाईभजीका साथै अन्य सेलुलर नेटवर्कहरूमा भएका आधारभूत आविष्कारहरूलाई समेट्ने र गत वर्षको नोकियाको चौथो प्रमुख स्मार्टफोन प्याटेन्ट सम्झौतालाई पनि मार्क गरेको उल्लेख छ।

नोकियाकी प्रमुख लाइसेन्सिङ अफिसर सुसान्ना मार्टिकेनेनले यस सम्झौताले उनीहरूको प्याटेन्ट पोर्टफोलियोको बल र मोबाइल टेक्नोलोजी (प्रविधि) मा दशकौंको योगदानलाई हाईलाइट गरेको बताएकी छन्।

त्यसैगरी अनरका प्रतिनिधि झोउ वेन्युले बौद्धिक सम्पत्ति अधिकार र आवश्यक पेटेन्टको लागी उचित मूल्यमा विश्वासको लागी आफ्नो प्रतिबद्धतामा जोड दिए।

नोकियाले सन् २००० देखि आरएन्डडी मा १४० बिलियन यूरो भन्दा बढी खर्च गरेको छ, जसको परिणामस्वरूप लगभग २०,००० पेटेन्ट परिवारहरू रहनुका साथै फाईभजीको लागि मात्र ६,००० भन्दा बढी पेटेन्ट छ। साथै, नोकियाका लागि, यो विगत १२ महिनामा चौथो ठूलो स्मार्टफोन पेटेन्ट सम्झौता हो।

त्यसैगरी अनरले पनि आरएन्डडीमा धेरै लगानी गरेको र आफ्नो राजस्वको १० प्रतिशत भन्दा धेरै अनुसन्धानमा खर्च गर्न समर्पित छ। साथै, आफ्नो विश्वव्यापी पेटेन्ट आवेदनहरूले २०,००० अंक पार गरेको बताएको छ।

नोकियाले सन् २०२३ को सुरुवातमा सामसङ र जुलाई महिनामा एप्पलसँग सम्झौता गरेको थियो।

प्रकाशित: २१ पुष २०८०, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार