बीवाइडीले २०२३ मा बेच्यो ३० लाख भन्दा बढीको संख्यामा विद्युतिय सवारी साधन

  • Technology Khabar | २० पुष २०८०, शुक्रबार
बीवाइडीले २०२३ मा बेच्यो ३० लाख भन्दा बढीको संख्यामा विद्युतिय सवारी साधन

काठमाडौं ।

चिनियाँ इभी निर्माता बीवाईडीले २०२३ को अन्त्यसम्ममा ३,०२४,४१७ विद्युतिय गाडीहरू बेचेको घोषणा गरेको छ।

यस माइलस्टोनले बीवाइडीको ६१.८ प्रतिशतको वार्षिक दरको वृद्धि मात्रै नभएर दिगो साधनहरुको विकासमा बीवाईडीको प्रतिबद्धतालाई पनि देखाएको छ।

वार्षिक मापदण्डमा ४५ प्रतिशतको वृद्धि देखाउदै, बीवाइडीले डिसेम्बर २०२३ मा, कुल मासिक ३४१,०४३ न्यू इनर्जी गाडीहरू (एनईभी) बिक्री गरेको थियो। वर्षको अन्तिम महिनाको यस अद्भुत प्रदर्शनले बीवाइडीलाई विद्युतिय गाडीहरूको बजारमा अग्रणी स्थान सुनिश्चित गर्न सह्योग गरेको छ।

२०२२ मा पनि बीवाइडीले विद्युतिय गाडीको क्षेत्रमा नयाँ  रेकर्ड कायम गर्दै, १.८६ मिलियन विद्युतिय गाडीहरू बेचेको रेकर्ड दृढ गतिमा बनाएको थियो। कम्पनीको दिगो पर्यावरणीय संरक्षण र नविन प्रविधि विकास प्रतिको प्रतिवद्धताले नै बीवाइडीलाई विद्युतिय सवारीसाधनको क्षेत्रमा नयाँ उचाईमा पुर्याएको हो।

नोभेम्बर २०२३, विद्युतियको यो प्रगतिशील यात्राको एक महत्त्वपूर्ण क्षण रहेको छ। कम्पनीले आधिकारिक रुपमा आफ्नो ६ मिलियन विद्युतिय गाडीहरू बजारमा ल्याउँदै कम्पनीको प्राकृतिक तथा शुचित भविष्य सृष्टि गर्ने लक्ष्यमा एक ऐतिहासिक माइलस्टोन हासिल गरेको छ।

विद्युतियको सफलता, यसको अत्याधुनिक प्राविधिको तथा बलियो उत्पादन लाइनअपको प्रमाण हो जसले पर्यावरण-मैत्री यातायात समाधानहरुको लागि बढ्दो विश्वव्यापी मागसँग प्रतिध्वनित गर्दछ। आजको दिनमा, कम्पनी विद्युतीय सवारी क्रान्तिको अग्रभागमा रहदै, उद्योगमै बेन्चमार्कहरु सेट गरी रहेको छ।

२०२३ लाई हाम्रो उत्कृष्ट वर्षका रुपमा मनन गरिरहँदा, बीवाइडीले पर्यावरण मैत्री सवारीसाधनहरु मार्फत यातायातको क्षेत्रमै केहि परिवर्तन ल्याउने संयुक्त प्रयास गरेको छ।

३ मिलियन भन्दा बढीको  बिद्ध्युतिय सवारी साधनहरुको बिक्रि हाम्रो टिमको अथक प्रयास मात्रै नभएर हाम्रो उत्पादनको गुणस्तर तथा उत्कृष्टतालाई विश्वास गर्ने विश्वभरका ग्राहकहरू पनि हुन्।

प्रकाशित: २० पुष २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...