
काठमाडौं ।
शाओमीको रेडमी नोट १३ सिरिज गत सेप्टेम्बरमा चीनमा लन्च भएको थियो। अब विश्वव्यापी लन्च जनवरी १५ मा हुने पुष्टि भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
शाओमीले नोट १३, नोट १३ प्रो र नोट १३ प्रो प्लस गरी तीन फोन ल्याउने छ। कम्पनीको टीजर अनुसार फोनमा २०० मेगापिक्सलको मुख्य क्यामरा हुनेछ। फोनमा समान ६.६७ इन्च ओएलईडी डिस्प्ले सहित १२२० वाई २७१२ पिक्सल रिजोल्यून र १२० हर्ज रिफ्रेस रेट प्रदान गर्छ।
दुवै फोन नोट १३ प्रोका साथ स्न्यापड्रागन ७एस जेन २ का साथ ४एनएम चिपसेटमा आउने छ भने प्रोप्लस मिडियाटेकको डाइमेन्सन ७२०० अल्ट्रामा निर्भर हुन्छ। मूल्यका सन्दर्भमा कम्पनीको तर्फबाट कुनै जानकारी उपलब्ध नभएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २० पुष २०८०, शुक्रबार