अनर म्याजिक६ प्रो नयाँ पर्पल कलरमा

Technology Khabar २० पुष २०८०, शुक्रबार

काठमाडौं ।

अनरले म्याजिक६ प्रो सार्वजनिक गर्ने तयारी तिब्र पारेको छ। अनर म्याजिक६ प्रो कम्पनीले १० वा ११ जनवरीमा सार्वजनिक गर्दैछ। यस अघि फोन हरियो रंगमा देखिएको थियो।

बुधबार कम्पनीका सीईओ जर्ज झाओले पर्पल भेरियन्टको खुलासा गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ। यो यसबाट ‘किंघई तालको तटमा बिहानको सुन्दर दृश्य’ बाट प्रेरित थियो।

नयाँ इमेजले थप स्पेसिफिकेसनको जानकारी उपलब्ध गराएको छैन। फोनको टप लेन्स पछाडि पेस्किोप शूटर, २.५डी कर्भ साइड र दायाँ तर्फ भोल्यूम र पावर बटन छ।

अनर म्याजिक६ प्रो स्न्यापड्रागन ८ जेन ३ चिपसेट, १ टीबी स्टोरेज र म्याजिकओएस ८.० अपरेटिङ सिस्टमका साथ उपलब्ध हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २० पुष २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया