ह्वावेले जनवरी १८ मा हर्मोनीओएस इकोसिस्टम कार्यक्रम आयोजना गर्ने

Technology Khabar १९ पुष २०८०, बिहीबार

काठमाडौं ।

ह्वावेले जनवरी १८ तारिखमा चीनमा “होङ्गमेङ्ग इको थाउजेन्ड सेल्स सेलिङ्ग सेरेमोनी” नामक हार्मोनीओएस इकोसिस्टम कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ। धेरैले “नेक्स्ट” नाम गरिएको नयाँ हर्मोनीओएस भर्सनको झलकको आशा गरिरहेको बेलमा यस कार्यक्रमको केन्द्रविन्दु भने अन्य विषय रहेको बताईएको छ।

नयाँ अपरेटिङ सिस्टम लन्च गर्नुको सट्टा ह्वावेले फ्युचर इनोभेसन स्ट्राटेजिजमा डाईभ गर्ने र हर्मोनीओएसको लागि नेटिभ एप डेभलपमेन्टको प्रगति प्रदर्शन गर्ने योजना बनाएको छ। त्यसैगरी कार्यक्रमले अवस्थित हर्मोनीओएस इकोसिस्टमसँग ह्यान्ड्स–अन एक्सपिरियन्स पनि प्रदान गर्नेछ।

ह्वावेले सम्भावित साझेदारहरूसँग कनेक्ट गरेर प्रयोगकर्ताहरूलाई फाइदा हुने व्यापारिक अवसरहरू खोज्ने लक्ष्य राखेको जनाइएको छ। त्यसैगरी सहभागीहरू र अनलाइन भ्युअर्स (दर्शकहरू) ले मुख्य कार्यकारीहरूसँग अन्तरक्रिया गर्नुका साथै प्रश्नहरू सोध्न सक्नेछन् भने हर्मोनीओएसको फ्युचर इनसाइट पनि प्राप्त गर्न सक्ने गीज्मोचाइनाले रिपोर्टमा उल्लेख गरेकोछ।

चीनको बेइजिङ, सांघाई, हाङ्झाउ, नान्जिङ, चेङ्दु, सियामेन, वुहान र चाङ्सा गरेर कुल आठ ठूला सहरहरूमा यो कार्यक्रम आयोजना गरेर  यसलाई व्यापक दर्शकको पहुँचमा पुर्याउने तयारी छ।

आगामी हार्मोनीओएसको सन्दर्भमा भने ह्वावेले सन् २०२४ को पहिलो भागमा फर्स्ट डेभलपर प्रिभ्यु (पहिलो विकासकर्ता पूर्वावलोकन) रिलिज गर्ने आशा गरिएको छ।

ह्वावे इन्टरएक्टिभ मिडिया कर्प्सका सीईओ र ह्वावे टर्मिनल क्लाउड सर्भिस इन्टरएक्टिभ मिडिया बीयू का अध्यक्ष वु हाओले गत महिना ७०० मिलियन भन्दा बढी डिभाइसहरू होङ्गमेङ्ग इकोसिस्टमको हिस्सा भएको घोषणा गरेका थिए।

यसैबीच, टेकसाइट्सको भर्खरैको रिपोर्ट अनुसार, ह्वावेको हर्मोनीओएसले सन् २०२४ सम्ममा चीनमा दोस्रो सबैभन्दा लोकप्रिय स्मार्टफोन अपरेटिङ सिस्टमको रूपमा रहेको एप्पलको आईओएसलाई पनि उछिन्ने भविष्यवाणी गरिएको छ।

प्रकाशित: १९ पुष २०८०, बिहीबार

तपाइको प्रतिक्रिया