भारतले नेपालको नानो स्याटेलाइट मुनाल प्रक्षेपणका लागि सघाउने

  • Technology Khabar | १९ पुष २०८०, बिहीबार
भारतले नेपालको नानो स्याटेलाइट मुनाल प्रक्षेपणका लागि सघाउने

काठमाडौं ।

भारतले नेपालले मुनाल नामक नानो स्याटेलाइट प्रक्षेपण लागि सघाउने भएको छ।

नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी र न्यू स्पेस इन्डिया लिमिटेडबीच भएको सहमतिमा भारतले उक्त स्याटेलाइट प्रक्षेपणका लागि नेपाललाई सहयोग गर्नेछ।

भारतीय विदेश मन्त्री डा. एस. जयशंकरको चलिरहेको नेपालको भ्रमणमा अवसर पारेर दुई देशका निकायहरु बिच सम्झौता भएको भारतीय विदेश मन्त्रीले एक्स पोस्टमार्फत जानकारी दिएका छन्।

नेपालले पहिलो पटक ‘नेपाली स्याट–१’ भूउपग्रह २०७६ वैशाख ४ गते प्रक्षेपण गरेको थियो।

नयाँ प्रक्षेपणको तयारीमा रहेको मुनाल नामक ‘थ्री यू’ नानो स्याट करिब तीन किलोग्राम वजनको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यस वर्षको शुरुवातमा नै उक्त स्याटेलाइट लन्च गर्ने तयारी गरेको थियो।

नेपालमा यस कार्यमा नास्ट र अन्तरिक्ष प्रतिष्ठानको सहकार्य र समन्वय रहेको छ।

नानो स्याट मुनाल विद्यार्थीले बनाएको मिसन हो। नास्टले मुनाल नानो स्याट तयार पार्ने मिसनमा आर्थिक, प्राविधिक सहयोग र सहकार्य गरेको छ।

प्रकाशित: १९ पुष २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार