Technology Khabar १९ पुष २०८०, बिहीबार
काठमाडौं ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विश्वका १४० भन्दा वढि देशहरु विचको अनुसन्धान तथा शैक्षिक सञ्जालमा जोडिएको छ। यसका लागि विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरईएन) बीच हालै एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
एक कार्यक्रमका विच हालै सम्पन्न भएको समझदारी पत्रमा विश्वविद्यालयका अध्यक्ष प्रा. राजेन्द्र ध्वज जोशी तथा एनआरईएनका अध्यक्ष लोचनलाल अमात्यले हस्ताक्षर गरे।
यो समझदारीसँगै चित्लाङ स्थित विश्वविद्यालयका विद्यार्थी तथा शिक्षकहरुले विश्वका अन्य विश्वविद्यालयहरु सँग हुने वैज्ञानिक सहकार्यलाई थप मजबुत वनाउन सहयोग पुग्नेछ।
यसका साथै एनआरईएनले विश्वका अन्य अनुसन्धान तथा शैक्षिक सञ्जाल प्रदायक संस्थाहरुको सहकार्यमा नेपालका प्राज्ञिक संस्थाहरुको शैक्षिक तथा वैज्ञानिक कृयाकलापलाई सरल बनाउन प्रदान गरिरहेका अन्य सेवाहरु जस्तै इडियुरोम, सुपर कम्प्युटर पहुँच, विश्वविद्यालयको क्याम्पस नेटवर्क स्तरोन्नती, जस्ता क्षेत्रहरुमा एनआरईएनले आवश्यक सहयोग गर्नेछ।
सन् २०१० देखि नेपालमा जोडिएको अनुसन्धान तथा शैक्षिक सञ्जाल (ट्रान्स युरोसीया इन्फरमेसन नेटवर्क) मा हालसम्म नेपालका ३० भन्दा वढि शैक्षिक तथा अनुसन्धान सँग सम्वन्धीत संस्थाहरु आवद्ध भएका छन् ।
यस आवद्धताले नेपालका प्राज्ञिक संस्थाहरु विच तिव्र गतिको कम्प्युटरमा आधारित नेटवर्क निर्माण भइरहेको साथै यो राष्ट्रिय सञ्जाललाई विश्वविद्यालयहरुले आफुलाई आवश्यक पर्ने वैज्ञानिक रिसोर्सहरु संयुत्तरुपमा खरिद गरि यस नेटवर्क मार्फत पहुँच गर्न सक्नेछन् जसले गर्दा हाल देखिरहेको वैज्ञानिक रिसोर्सहरु खरिदको दोहोरोपनमा उल्लेख्य सुधार ल्याउन सक्ने देखिन्छ जसले गर्दा विश्वविद्यालयहरुको खर्च व्यवस्थापनमा मद्यत पुग्नेछ ।
यस्तै मदन भण्डारी विश्वविद्यालयले अभियानकै रुपमा सुरु गरेको आर्थिक सहयोग कोषमा एनआरईएनका सदस्यहरुले स्वतस्फुर्त रुपमा संकलन गरेको रु.१ लाख १ हजार रुपैयाँका साथै अमेरिका स्थित नेटवर्क स्टार्टअप रिसोर्स सेन्टरबाट प्राप्त नेटवर्क स्वीच विश्वविद्यालयका अध्यक्षलाई हस्तान्तरण गरिएको जनाएको छ।
प्रकाशित: १९ पुष २०८०, बिहीबार