कन्जुमर इलेक्ट्रोनिक्स शो २०२४ जनवरी ९ देखि सुरु हुँदै, प्रदर्शनीको आकर्षण यस्ता छन्

  • Technology Khabar | १९ पुष २०८०, बिहीबार
कन्जुमर इलेक्ट्रोनिक्स शो २०२४ जनवरी ९ देखि सुरु हुँदै, प्रदर्शनीको आकर्षण यस्ता छन्

काठमाडौं ।

सीईएस (कन्जुमर इलेक्ट्रोनिक्स शो) २०२४ जनवरी ९ देखि जनवरी १२ सम्म अमेरिकाको लास भेगासमा आयोजना हुँदैछ। गत वर्षको सीईएसमा टेक जगतमा आउँदै गरेको नयाँ प्रविधि हेर्न १ लाख भन्दा बढीको उपस्थिति रहेको थियो। यस वर्ष पनि उल्लेखनिय टेक पारखीहरु शोमा सहभागी हुने दस्ट्यान्डर्डले उल्लेख गरेको छ।

यस वर्षको सीईएसमा विभिन्न कम्पनीहरुले आफ्ना प्रभावशाली उत्पादन घोषणा गर्दैछन्।

सीईएस २०२४ मा घोषणा हुने केही उत्पादन यस्ता छन्:

एआई रोबोट भ्याकुम र फ्रिज

सीईएसमा स्मार्ट होम डिभाइसहरुको राम्रो उपस्थिति रहने गर्छ। यस वर्षको स्मार्ट होम डिभाइसहरु एआई प्रविधिका साथ उपलब्ध हुनेछन्। सामसङले एआई भिजनका साथ फ्रिज र अपग्रेडेड एआई अपजेक्ट रिकोनाइजेन रोबोट भ्याकूम क्लिन ल्याउने पहिलै घोषणा गरिसकेको छ।

फ्रिज भित्र के छ भनेर हेर्नका लागि एआई प्रयोग गरिन्छ। फ्रिजमा रहेको क्यामराले विभिन्न ३३ प्रकारका खाद्य वस्तु पहिचान गर्न सक्छ। फ्रिज भित्र कति स्टक बाँकी छ भनेर एपबाट ट्रयाक गर्न सकिन्छ।

एनभिडियाको ग्राफिक कार्ड

एनभिडियाले गेमिङ, भीआर, चलचित्र निर्माण र एआई तथा रोबोटिक्स प्रविधिको बारेमा प्रस्तुतीकरण गर्नेछ। यद्यपि, एनभिडियाले डेस्कटप गेमिङ पीसीहरूको लागि केही नयाँ ग्राफिक्स कार्डहरू घोषणा गर्ने अपेक्षा गरिएको छ।

ग्राफिक्स कार्डहरुमा एनभिडिया आरटीएक्स ४०८० सुपर, आरटीएक्स ४०७० टीआई सुपर र आरटीएक्स ४०७० सुपर रहेका छन्। गेमिङ पिसी किन्ने र बनाउनेका लागि यी ग्राफिक्स कार्ड उपयुक्त विकल्प हुन सक्छ।

एलजीको नयाँ ९८ इन्च टिभी

एलजीले सीईएस २०२४ मा शक्तिशाली ९८ इन्चको क्यूएनईडी टिभी प्रस्तुत गर्दै छ। यसले ठूलो टिभीको बढ्दो मागलाई सम्बोधन गर्ने एलजीले विश्वास लिएको छ।

एलजीले सीईसी थुप्रै ग्याजेडहरु पनि प्रदर्शन गर्दैछ। उद्दारणका लागि एलजी डुकबक्स रहेको छ। जुन ट्रान्सलुसेन्ट ओएलईडी स्क्रीन युक्त भोल्भ आधारित म्यूजिक सिस्टम हो। यसले सुन्दा एल्बम आर्ट र ट्र्याक जानकारी डिस्प्ले गर्छ।

वा एलजी सिनेबीम क्यूब हुनेछ। जुन सानो फोरे पोर्टेबल प्रोजेक्टर हो। जसको तौल साढे १ किलोग्राम र लम्बाई १४ सेमी र चौडाई ८ सेमी छ। आकार सानो भएकाले अधिक चमको आशा गर्न सकिदैन। तर कम्पनीले ५०० लुमेनले अँध्यारो कोठामा काम गर्ने दाबी गरेको छ।

वायरलेस टिभी 

पूर्ण रुपमा वायरलेस टिभीहरु सीईएस २०२३ को प्रमुख आकर्षण मध्ये एक थियो। डिस्प्लेस नामक यो स्प्ल्याश बनाउने कम्पनीले यो वर्ष केही नयाँ मोडलहरू लिएर फर्किरहेको छ।

सबैभन्दा पहिला डिस्प्लेस फ्लेक्स ५५ इन्चको वायरलेस टिभी हो। जुन हरेक दिन ६ घण्टा हेर्दा एक महिनाको ब्याट्री लाइफ प्रदान गर्छ। को एक महिना“ सम्म प्रदान गर्दछ। यो एक म्यागनेटिक चार्जरको साथमा पनि उपलब्ध छ। यसले वायरलेस प्रविधिबाट ब्याट्री चार्ज गर्छ।

प्रकाशित: १९ पुष २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार