अमेरिकी प्रतिबन्ध बावजुद ह्वावे सन् २०२३ मा करिब १०० अर्ब डलर राजस्वको नजिक

  • Technology Khabar | १७ पुष २०८०, मंगलवार

काठमाडौं ।

चुनौतीपूर्ण विश्वव्यापी परिदृश्य नेभिगेट गरेको केही वर्ष पछि ह्वावेको सञ्चालनहरू मूलतया सामान्यमा फर्किएको र सन् २०२३ को बिक्री राजस्व ७०० बिलियन चिनियाँ युआन (९९ बिलियन अमेरिकी डलर ) भन्दा बढी हुने अपेक्षा गरिएको छ।

तथ्याङ्कले सन् २०२२ मा रिपोर्ट गरिएको ६४२.३ बिलियन युआनबाट ९ प्रतिशतको वार्षिक दरले राजस्व वृद्धि देखाउँछ।

पूर्वानुमानले थप प्रमाणहरू प्रदान गर्दछ कि ह्वावेलाई २०१९ मा अमेरिकी प्रतिबन्धहरू पछि उन्नत चिप्स जस्ता महत्वपूर्ण ग्लोबल टेक्नोलोजीहरूमा पहुँच प्रतिबन्ध लगाएर यसको केही व्यापार लाइनहरू अपांग बनेपछि पुन: फर्किरहेको छ।

साथै ह्वावेको यो उपलब्धिले नवप्रवर्तन र ग्राहकप्रतिको सेवातर्फ कम्पनीको अटुट प्रतिबद्धता रहेको स्पष्ट पारेको छ।

ह्वावेका रोटेटिङ अध्यक्ष केन हुले स्थिर आईसीटी पूर्वाधार व्यवसाय, टर्मिनल व्यापार अपेक्षा गरेभन्दा बढि हुनुका साथै डिजिटल ऊर्जा र क्लाउड व्यवसायले राम्रो वृद्धि हासिल गरेको बताए।

कर्मचारीहरूलाई पठाइएको सन्देशमा, हुले ह्वावेको उपकरण व्यापार खण्ड, जसमा यसको स्मार्टफोन व्यवसाय समावेश छ, सन् २०२३ मा सोचेभन्दा राम्रो प्रदर्शन गरेको बताएका छन्।

उनले स्मार्ट कार सलुसन्सको प्रतिस्पर्धात्मकतामा उल्लेखनीय सुधार भएको भन्दै आफ्नो स्मार्ट कार सलुसन्स बढ्दो प्रतिस्पर्धात्मक हुँदै जाँदा, ह्वावेले बढ्दो इलेक्ट्रिक भेहिकल बजारमा प्रगति गरिरहेको उल्लेख गरे।

उनले डिजिटलाइजेसन, इन्टेलिजेन्स र लो–कार्बोनाइजेसनतर्फ कम्पनीको प्रतिबद्धलाई विकासको प्रमुख कारकको भएको भनि थप उल्लेख गरेका थिए।

यसैगरी सन् २०२४ मा ह्वावेले इनोभेसन (नवीनता) र ग्रोथ (वृद्धि) लाई फ्युल (ईन्धन) गर्नको लागी लार्ज ल्याङ्गवेज मोडल्सका साथै हाई पर्फोन्स कम्प्युटिङ जस्ता अत्याधुनिक प्रविधिहरुमा लगानी गर्न जारी राख्ने जनाएको छ।

ह्वावेले आफ्ना विभिन्न डिजिटल इनिसियटिभ्स (पहलहरू) लाई समर्थन गर्नका लागि विश्व–स्तरीय कम्प्युटिङ पूर्वाधार स्थापना गर्ने लक्ष्य राखेको छ। त्यसका साथै आफ्नो उत्पादन र सेवाहरूको गुणस्तर र सुरक्षा सुनिश्चित गर्न ह्वावेको उच्च प्राथमिकतामा रहने उल्लेख छ।

प्रकाशित: १७ पुष २०८०, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार