माइक्रोसफ्टको कोपाइलट एप अब आईओएस र आईप्याडओएसको लागि उपलब्ध

  • Technology Khabar | १७ पुष २०८०, मंगलवार

काठमाडौं ।

हालै मात्र एन्ड्रोइडका लागि आफ्नो एप रिलीज गरेको माइक्रोसफ्टले अब आफ्नो अत्याधुनिक एआई च्याटबोट ‘कोपाइलट’ लाई आईओएस र आईप्याडओएस प्लेटफर्महरूमा इन्टिग्रेट गरेर यसको पहुँच विस्तार गरेको छ। यो कदमले गर्दा अब अझ धेरै प्रयोगकर्ताहरूले एआई बाट फाइदा लिन सक्ने उल्लेख छ।

आईफोनमा माइक्रोसफ्ट कोपाइलट एप फिचर

ओपनएआईको च्याटजीपीटी स्मार्टफोन एपसँग फङ्गसनेलिटीमा तुलना गर्न मिल्ने कोपाइलट एपले आईओएस प्रयोगकर्ताहरूलाई माइक्रोसफ्ट कोपाइलट (पहिले बिङ्ग च्याट भनेर चिनिने) मा पहुँच प्रदान गर्दछ। यसले प्रयोगकर्ताहरूलाई सहजै इमेलहरू कम्पोज गर्न, सोधपुछ गर्न र टेक्स्ट समराइज (पाठ संक्षेप गर्न) इनेबल गर्दै एआई एसिस्टेन्सको लागि निकै भर्सटायल टुल हो।

साथै यस एपको उल्लेखनीय विशेषता भनेको टेक्स्ट–टू–इमेज जेनेरेटर डाल–ई३ सँग यसको इन्टिग्रेसन (एकीकरण) भएको र यसले गर्दा प्रयोगकर्ताहरूले एप भित्रनै इमेजहरू उत्पन्न गर्न सक्ने उल्लेख छ। त्यसैगरी एपले भर्खरै सुनो प्रयोग गरेर एआई म्युजिक सिर्जना गर्न सपोर्ट पाएको छ।

कोपाइलटले जीपीटी–४ मा निःशुल्क पहुँच प्रदान गर्ने भएकाले अन्य एआई मेसेन्जरहरूको तुलनामा महत्त्वपूर्ण फाइदा ल्याएको जनाइएको छ। साथै यो ओपनएआईको पछिल्लो लार्ज–ल्याङ्गवेज मोडल हो। जीपीटी–३.५ मा चल्ने च्याटजीपीटीको निःशुल्क संस्करणको तुलनामा यो एउटा उल्लेखनीय कदम भएको जनाइएको छ।

साथै जीपीटी–४ को उपयोगले एपको क्षमता र रेसपोन्सिभनेस एनहान्स्ड गरेको छ। यस रणनीतिक चालमा माइक्रोसफ्टले च्याटजीपीटी जस्तै स्ट्यान्डअलोन अनुभव प्रदान गर्ने आफ्नो लक्ष्यसँग पङ्क्तिबद्ध गर्दै बिङ्ग च्याटलाई कोपाइलटमा रिब्रान्डिङ गरेको छ।

मोबाइल एपको अतिरिक्त माइक्रोसफ्टले कोपाइलटको लागि छुट्टै वेब एक्सपिरियन्स प्रस्तुत गरेर यसलाई बिङ्गबाट अझ फरक पार्दै यसको स्ट्यान्डअलोन प्रकृतिलाई थप जोड दिएको उल्लेख छ।

कोपाइलट एप अब आईओएस र आईप्याडओएस प्रयोगकर्ताहरूका लागि एप्पल एप स्टोरमा डाउनलोड गर्नका लागि उपलब्ध भएको छ। प्रयोगकर्ताहरूले अब कोपाइलटको एआई एसिस्टेन्स, टेक्स्ट–टू–इमेज इन्टिग्रेसन र जीपीटी–४ को एनहान्स्ड क्यापाबिलिटिज सिधै आफ्नो आईओएस उपकरणहरूमा अनुभव गर्न सक्नेछन्।

प्रकाशित: १७ पुष २०८०, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार