नेपाल टेलिकमले बाँकी बक्यौताको जरिवानामा छुट दिँदै, भुक्तानी नगर्ने ग्राहकलाई कालोसूचीमा राख्ने

  • Technology Khabar | १६ पुष २०८०, सोमबार
नेपाल टेलिकमले बाँकी बक्यौताको जरिवानामा छुट दिँदै, भुक्तानी नगर्ने ग्राहकलाई कालोसूचीमा राख्ने
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भद्रकाली प्लाजामा रहेको मुख्यालय। फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमले आफ्ना सेवाहरुको महसुल भुक्तानी गर्न बाँकी बक्यौता रकम समयमै भुक्तानी गर्न र जरिवाना छुटको लाभ लिन भनेको छ।

कम्पनीका विभिन्न सेवाहरू (PSTN, GSM Mobile, CDMA Mobile, ADSL, FTTH, Lease Line) प्रयोग गरे बापत कम्पनीलाई भुक्तानी गर्न बाँकी बक्यौता समयमै भुक्तानी गरी सहयोग गरिदिन सम्बन्धित सबै ग्राहकलाई अनुरोध गरेको छ।

जसमा पुरानो बक्यौता भुक्तानी गर्ने ग्राहकहरूलाई जरिवाना छुट प्रदान गरिएकोले नजिकको दूरसञ्चार कार्यालयमा गई २०८० चैत्र मसान्तसम्म भुक्तानी गरी अवसरको सदुपयोग गर्न भनेको छ।

टेलिकमकाअनुसार  आ.व. ०७७/७८ सम्मको बक्यौता भुक्तानी गरेमा सोमा लाग्ने सम्पूर्ण जरिवाना छुट ग्राहकहरुले पाउनेछ भने आ.व. ०७८/७९ को बक्यौता भुक्तानी गरेमा सोमा लाग्ने जरिवानाको ५० प्रतिशत छुट पाउनेछन्।

यसका साथै पुरानो बाँको बक्यौता भुक्तानी नगर्ने ग्राहकहरूको नामावली पत्रिकामा प्रकाशन गर्ने तथा कम्पनीको वेबसाइटमा राखी कालोसूचीमा समावेश गर्ने प्रक्रिया अगाडि बढाईने चेतावनी दिएको छ।

प्रकाशित: १६ पुष २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...