चीनले जी६० स्याटेलाइट मेगा कन्स्टलेसनको साथ अन्तरिक्ष दौडलाई गति दिँदै

  • Technology Khabar | १५ पुष २०८०, आईतवार
चीनले जी६० स्याटेलाइट मेगा कन्स्टलेसनको साथ अन्तरिक्ष दौडलाई गति दिँदै

काठमाडौं ।

स्याटेलाइटमा आधारित इन्टरनेट सेवाको विश्वव्यापी दौडमा नयाँ ढोका खोल्दै चीनले अन्तरिक्ष प्रविधिको क्षेत्रमा आफ्नो प्रयासलाई तीब्रता दिएको छ।

चीनको जी६० मेगाकन्स्टेलेसन स्याटेलाइट इनिसियटिभ (पहल) सांघाईमा उत्पादनको सुरुवात भएसँगै यो विकास आएको छ र स्पेसएक्सको स्टारलिंक प्रोग्राम (कार्यक्रम) लाई प्रत्यक्ष रूपमा चुनौती दिने भएको उल्लेख छ।

जी६० स्याटेलाइट्सले स्पेसएक्सको स्टारलिंकसँग प्रतिस्पर्धा गर्ने

जी६० स्टारलिंक इन्डस्ट्रियल बेस (औद्योगिक आधार) मा अवस्थित सांघाईको नयाँ डिजिटल–प्रोडक्सन प्लान्टले व्यावसायिक भूउपग्रहहरू रोलआउट गर्न थालेको छ। साथै यो प्लान्ट स्थानीय नगरपालिकाद्वारा समर्थित रहेको जनाइएको छ।

सन् २०२४ सम्ममा कम्तिमा पनि १०८ स्याटेलाइट्स प्रक्षेपण गर्ने र सञ्चालन गर्ने योजनाको साथ कारखानाले सन् २०२७ सम्ममा कम्पिटेटिभ ग्लोबल इन्डस्ट्रि चेन (प्रतिस्पर्धी विश्वव्यापी उद्योग श्रृंखला) स्थापना गर्ने लक्ष्य राखेको छ।

प्रति वर्ष ३०० स्याटेलाइट्स (भूउपग्रहहरू) उत्पादन गर्ने प्रभावशाली क्षमता भएको यस कारखानाले आफ्नो कदम अगाडि बढाउँदै भूउपग्रह निर्माण गर्नका लागि लाग्ने महिना दिनको समयलाई ठूलो रूपमा घटाएर अब डेढ दिनमा झारेको उल्लेख छ।

यद्यपि, चीनको उत्पादन दर अझै पनि स्पेसएक्सको स्टारलिंक भन्दा पछाडि रहेको छ, जसले दैनिक ६ ओटा भूउपग्रहहरू उत्पादन गर्ने गरेको छ। साथै यो अन्तरले यस क्षेत्रको प्रतिस्पर्धात्मक प्रकृति र स्थापित खेलाडीहरूसँग चीनले सामना गर्ने चुनौतीहरूलाई प्रकाश पार्दछ।

गुओ वाङ राष्ट्रिय नेटवर्कको साथमा चीनको महत्वाकांक्षी जी६० परियोजना इलन मस्कको स्टारलिंकसँग मेल खान्छ। सन् २०१६ मा सुरु भएको जी६० परियोजनाले सांघाई सरकारको समर्थन र याङ्जी नदी डेल्टा क्षेत्रको हाई–टेक म्यानुफ्याक्चरिङ क्यापाबिलिटिज (उच्च–प्रविधि उत्पादन क्षमताहरू) को रणनीतिक महत्त्वको साथ गति प्राप्त गरेको छ।

जी६० मेगाकन्स्टेलेसन स्याटेलाइट टेक्नोलोजीमा मात्रै नभएर डाटा सर्भिसेस (सेवाहरू), आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) र डिप लर्निङ्ग समावेश भएका इन्डस्ट्रियल चेनको एक महत्वपूर्ण भाग पनि हो।

प्रकाशित: १५ पुष २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार