आईटेलको ‘एस २३’ स्मार्टफोन खरिदमा अफर

  • Technology Khabar | १३ पुष २०८०, शुक्रबार
आईटेलको ‘एस २३’ स्मार्टफोन खरिदमा अफर

काठमाडौं ।

चिनियाँ ब्रान्ड आईटेलले, आफ्नो एस २३ स्मार्टफोनको खरिद गर्ने ग्राहकहरुका लागि उपहार योजना ल्याएको छ।

उक्त उपहार योजना अन्तर्गत हरेक एस २३ स्मार्ट फोन मोडलको खरिदमा ग्राहकले, टि सर्ट उपहार पाउने भएका छन्।

आईटेल एस २३ नामक उक्त मोडलमा (८+८) जीबी र्यामका साथमा १२८ जीबीको स्टोरेज रहेको छ।

५० मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको उक्त मोबाईलको नेपाली मुल्य रु. १५,८९० रहेको छ।

५००० एमएएचको शक्तिशाली ब्याट्री, १० वाटको फास्ट चार्जिङ, ९० हर्जको रिफ्रेश रेट रहेको उक्त मोडेलको नेपालका लागि अधिकारिक बिक्रेता माहालक्ष्मी मोबाईल्स प्रा लि रहेको छ।

कम्पनीले फोनको खरिदमा १०० दिनको रिप्लेस्मेन्ट वारेन्टी पनि दिने जनाएको छ।

प्रकाशित: १३ पुष २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...