रिसर्च फेलोसिप सञ्चालन गर्दै काठमाडौं महानगर

Technology Khabar १३ पुष २०८०, शुक्रबार

रिसर्च फेलोसिप सञ्चालन गर्दै काठमाडौं महानगर
फाइल तस्बिर

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले महानगर रिसर्च फेलोसिप २०८० नामक अनुसन्धान शोधवृत्ति कार्यक्रमको चौथो संस्करणको रुपमा Metropolitan Research Fellowship Program सञ्चालन गर्ने भएको छ। सहरी योजना आयोगको समन्वयमा महानगर रिसर्च फेलोसिप २०८० सञ्चालन गर्न लागेको हो।

महानगरले पुस १२ गते सूचना प्रकाशित गर्दै इच्छुक अनसन्धानकर्तासँग आवेदन माग गरेको हो। आवेदकले काठमाडौं महानगरको वेबसाइटमा रहेको लिंकमा फारम भरि आवेदन पेश गर्नुपर्ने हुन्छ।

महानगरपालिकाको सर्वाङ्गिण विकासका विविध आयामसँग सम्बन्धित नीतिगत अनुसन्धान मार्फत महानगरपालिकालाई तथ्यमा आधारित नीति निर्माण गर्न एवं कार्य मूलक अनुसन्धान मार्फत शहरी विकाससँग सम्बन्धित आयोजनाहरुको पहिचान गर्न सघाउन पुर्याउने उद्देश्यका साथ सञ्चालनमा महानगर रिसर्च फेलोसिप २०८० ल्याउन लागेको हो।

यस कार्यक्रममा माग लिन तोकिएको योग्यता पुगेका इच्छुक नेपाली अनुसन्धानकर्तालाई सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र अनुसन्धान प्रस्ताव पेश गर्न आह्वान गरिएको छ।

अनुसन्धान प्रस्ताव काठमाडौं महानगरपालिकासँग सम्बन्धित हुने गरी निम्न कुनै पनि विषय वा यस्तै अन्य विषयमा पेश गर्न सकिनेछ
(क) इतिहास, कला, संस्कृति, परम्परा
(ख) भाषा, साहित्य
(ग) शहरी योजना, शहरी डिजाइन, वास्तुकला, यातायात, भौतिक पूर्वाधार
(घ) जनसांख्यिकीय, समाजशास्त्रीय वा मानवशास्त्रीय अध्ययन
(ङ) शिक्षा, सामाजिक विकास, युवा, सामाजिक अभियान स्वास्थ्य, जीवनस्तर
(च) स्थानीय आर्थिक विकास, शहरी वित्त, उद्यमशीलता, मानव संशाधन विकास
(छ) शहरी अनौपचारिक क्षेत्र, गरिबी, अनधिकृत बसोबास
(ज) वातावरण, दीगो विकास, विपद् व्यवस्थापन, जलवायु परिवर्तन
(झ) कानून, शासन
(ञ) सूचना तथा सञ्चार, नविन सोच, लगायत

महानगर रिसर्च फेलोसिप २०८० सहभागि जनाउनका लागिसम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तिर्ण गरी दुई वर्षको अनुसन्धान, अध्यापन वा विषयगत कार्य अनुभव भएको हुनु पर्नेछ।

आवेदनका आधारमा छनोट भएका अधिकतम १० जनालाई ६ महिना अवधिका लागि महानगरले रिसर्च फेलोसिप प्रदान गर्नेछ।

अनुसन्धानकर्तालाई कस्तो सेवा सुविधा प्रदान गरिन्छ भन्ने महानगरले खुलाएको छैन।

प्रकाशित: १३ पुष २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया