देशभित्र चिप प्लान्ट बिस्तारको लागि इन्टेललाई इजरायलले ३.२ बिलियन डलर अनुदान दिने

  • Technology Khabar | १३ पुष २०८०, शुक्रबार
देशभित्र चिप प्लान्ट बिस्तारको लागि इन्टेललाई इजरायलले ३.२ बिलियन डलर अनुदान दिने

काठमाडौं ।

इजरायल सरकारले इन्टेललाई ३.२ अमेरिकी डलरको अनुदान प्रदान गर्न सहमत भएको छ। इजरायली सरकारले हमाससँग चलिरहेको तनावसँग कुनै सम्बन्ध नभएको दक्षिणी इजरायलमा चिप प्लान्ट स्थापना गर्नका लागि इन्टेललाई ३.२ बिलियन अमेरिकी डलर अनुदान स्वीकृत गरेको छ।

यसका साथै इन्टेलको यो कदमलाई विश्वव्यापी आपूर्ति शृङ्खलालाई बलियो बनाउने र चुनौतीहरूको सामना गर्दै गर्दा लचिलोपन बढाउने कदमको रूपमा हेरिएको छ। यस लगानीको अतिरिक्त, इन्टेलले युरोप र संयुक्त राज्य अमेरिकामा पनि उत्पादन विस्तारको योजना बनाएको गीज्मोचाइनाले रिपोर्टमा उल्लेख गरेको छ।

कुल लगानीको १२.८ प्रतिशत रकम हुने उक्त अनुदान इजरायलको आर्थिक वृद्धि र नवीनतालाई बढावा दिने प्रयासको एक हिस्सा भएको उल्लेख छ। इन्टेलले अर्को दशकसम्ममा इजरायली आपूर्तिकर्ताहरूबाट ६० अर्ब सेकल बराबरको वस्तु र सेवाहरू खरिद गर्ने प्रतिबद्धता पनि गरेको उल्लेख गरिएको छ। त्यसैगरी नयाँ सुविधाले हजारौं रोजगारीको अवसर सिर्जना गर्ने अपेक्षा पनि गरिएको छ।

इजरायलमा पहिले नै चार ओटा विकास र उत्पादन साइटहरू सञ्चालन गर्दै आएको र लगभग १२,००० मानिसहरूलाई रोजगारी दिएको इन्टेलको इजरायलमा लगानी योजनाहरू प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको अघिल्लो घोषणा पछि पुष्टि भएको छ।

नयाँ प्लान्टको अनुमानित उद्घाटन सन् २०२७ को लागि तय गरिएको छ भने सन् २०३५ सम्म सञ्चालन जारी रहने अपेक्षा गरिएको छ। इन्टेलको लगानीले इजरायलमा आफ्नो उपस्थितिलाई मात्र बलियो नबनाएर राष्ट्रको आर्थिक परिदृश्य र रोजगारी क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान दिने जनाइएको छ।

प्रकाशित: १३ पुष २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...