विद्युतीय चुलो बितरण

  • Technology Khabar | ११ पुष २०८०, बुधबार
विद्युतीय चुलो बितरण
सांकेतिक तस्विर

काठमाडौं ।

धादिङ जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिकाका बासिन्दालाई बिद्युतीय चुलो बितरण सुरु गरिएको छ।

जर्मन राजदूतावासको सहयोगमा ग्रामीण आपसी विकास नामक संस्थामार्फत विद्युतीय चुलो बितरण गरिएको हो।

त्रिपुरासुन्दरी गाउँपालिका-३, मूलपानीमा ७३० चुलो बितरण गरिएको संस्थाका निर्देशक शेरबहादुर भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार यस कार्यलाई निरन्तरता दिँदै त्रिपुरासुन्दरीमा सबै घरधुरीमा बिद्युतीय चुलो उपलब्ध गराउने लक्ष्य रहेको छ।

विद्युतीय चुलो बितरण कार्यक्रममा बोल्दै त्रिपुरा सुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले उपभोक्ताले आफ्नो भान्छामा विद्युतीय मुलोको प्रयोग गर्न थाल्नु मुलुकको समृद्धितर्फको यात्रामा महत्त्वपूर्ण फड्को भएको बताए।

खाना पकाउन ग्यासको सट्टा विद्युत् प्रयोग गरेमा झन्डै आधा सस्तो पर्न आउने र ग्रामीण भेगमा खाना पकाउँदा अन्य इन्धन खपतमा पनि कमी हुने अध्यक्ष उप्रेतीले बताए।

मानव स्वास्थ्य र खर्चमा विद्युतीय चुलोले निकै सकारात्मक प्रभाव पार्ने बताउँदै अध्यक्ष उप्रेतीले कार्यक्रमबाट नेपाल सरकारको नीति अनुसार सन् २०३० सम्म २५ प्रतिशत घरधुरीमा विद्युतीय चुलो पुयाउने लक्ष्यमा सहयोग पुग्ने बताए।

विद्युतीय चुलो वितरणपछि नागरिकमा आफ्नो जीविकोपार्जनमा थप सहयोग पुग्ने पालिकाका उपाध्यक्ष देबराज भरेलले बताए।

नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ अन्त्य गरेसँगै विद्युतीय चुलोको खपत बढाउन ग्राहकलाई अनुरोध गर्दै आइरहेको छ। गोरखापत्रबाट

प्रकाशित: ११ पुष २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...