Technology Khabar ११ पुष २०८०, बुधबार
काठमाडौं ।
ह्वावेले आफ्नो घरेलु बजार चीनमा भर्खरै नोभा सिरिजका स्मार्टफोनहरू सार्वजनिक गरेको छ। लाइनअपमा नोभा १२, नोभा १२ लाइट, नोभा १२ प्रो र नोभा १२ अल्ट्रा समावेश रहेको छन्।
ह्वावे नोभा १२ अल्ट्रा र नोभा १२ प्रोः डिजाइन र डिस्प्ले
नोभा १२ अल्ट्रा र नोभा १२ प्रो को फ्रन्ट (अगाडि) कर्भड् डिस्प्ले फिचर गरिएको छ भने पछाडिको भागमा परिचित पिल सेप्ड (आकारको) क्यामरा आइल्याण्ड रहेको जनाइएको छ। साथै फ्रन्ट (अगाडि) र ब्याक (पछाडि) राउण्ड करनर्स (गोलाकार कुनाहरू) र कर्भड् ऐजेस (घुमाउरो किनारहरू) रहेको उल्लेख छ। नोभा १२ अल्ट्राको तौल १९८ ग्राम छ भने नोभा १२ प्रो को तौल २०१ ग्राम रहेको जनाइउको छ। यद्यपि, दुई डिभाइसहरूको चौडाइ भने बराबर भएको र ७.६८एमएम मापन गर्ने उल्लेख गरिएको छ।
ह्वावेले नोभा १२ प्रो र नोभा १२ अल्ट्रा मा ६.७६ इन्चको ओएलईडी डिस्प्ले समावेश गरेको र जसले १२० हर्ज रिफ्रेस रेट र फुल एचडीप्लस रिजोलुसन (२७७६x१२२४) प्रदान गर्ने जनाइएको छ। साथै स्क्रिनमा पिल सेप्ड (आकारको) क्यामरा कटआउट पनि रहेको र जसमा दुई ओटा प्रन्ट फेसिङ्ग ईमेज सेन्सरहरू रहेको उल्लेख गरिएको छ। त्यसका साथै अल्ट्रा मोडल कुनलस ग्लासको साथ आउने र उक्त ग्लास “अनब्रेकेबल” भएको दाबी गरिएको छ।
स्पेसिफिकेसनहरू
नोभा १२ अल्ट्रा र १२ प्रो एकदम समान रहे तापनि तिनीहरूको चिपसेटहरूमा भने केही भिन्नताहरू रहेको जनाइएको छ। नोभा १२ अल्ट्रामा किरिन ९०००एसएल समावेश गरिएको छ भने नोभा १२ प्रो मा किरिन ८००० चिपसेट राखिएको छ। साथै यी चिपसेटहरूले फाइभजी नेटवर्किङ समर्थन गर्ने छन्।
त्यसैगरी प्रो मोडलले ५१२ जीबीसम्मको स्टोरेज अफर गर्दछ भने अल्ट्रा १ टीबीका साथ आउँछ।
यी लाइनअप हार्मोनीओएस ४.० (चीनमा होङ्गमेङ्गओएस) मा चल्ने छ। त्यसका साथै दुई फोनहरूमा ४,६०० एमएएच ब्याट्री प्याक समावेश गरिएको र जसले १०० वाट वायर्ड फास्ट चार्जिङलाई समर्थन गर्ने उल्लेख गरिएको छ।
नोभा १२ प्रो र नोभा १२ अल्ट्रामा उल्लेखनीय विशेषता भनेको स्याटेलाइट कनेक्टिभिटीको लागि सपोर्ट हो, जुन नयाँ हाई इन्ड डिभाइसहरूका लागि मात्र उपलब्ध हुने गरेको छ। अन्य उल्लेखनीय सुविधाहरूमा इन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर, डुअल सिम सपोर्ट (समर्थन), गेस्चर नेभिगेसन, फेस अनलक, ब्लुटुथ ५.२, एएसी, एसबीसी र एलडीएसी अडियो कोडेक समावेश रहेका छन्।
क्यामरा
दुवै स्मार्टफोनहरुको पछाडिको भागमा, नोभा १२ प्रो र नोभा १२ अल्ट्रामा ५० मेगापिक्सेलको प्राइमरी क्यामरा रहेको र त्यसलाई ८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल लेन्स र म्याक्रो शूटरसँग पेयर्ड गरिएको छ। साथै प्राइमरी क्यामरामा भ्यारीएबल एपर्चर पनि रहेको र जुन एफ/१.४ बाट एफ/४.० मा परिवर्तन हुन सक्ने उल्लेख गरिएको छ। यसले २एक्स अप्टिकल जुम र ५ एक्स डिजिटल जुम सक्षम गर्नेछ।
त्यसैगरी, स्मार्टफोनहरुको अगाडि ६० मेगापिक्सेलको मुख्य अल्ट्रा वाइड एंगल सेल्फी शूटरका साथै ८ मेगापिक्सेलको पोर्ट्रेट क्यामरा रहेको छ। वाइड एंगल सेन्सरमा एफ/२.४ अपर्चरका साथै अटो फोकस सपोर्ट पनि रहेको जनाइएको छ भने पोर्ट्रेट सेन्सरमा पनि एफ/२.२ अपर्चर र अटो फोकस सपोर्ट रहेको छ।
मूल्य निर्धारण र उपलब्धता
ह्वावे नोभा १२ अल्ट्रा र नोभा १२ प्रो सेतो, कालो र निलो (प्रोको पिंक भरियन्ट पनि छ) गरी मल्टिपल कलर अप्सनहरूमा घोषणा गरिएको छ। त्यसका साथै तिनीहरूलाई दुई ओटा स्टोरेज कन्फिगरेसनका साथ घोषणा गरिएको उल्लेख छ। नोभा १२ अल्ट्राको ५१२ जीबी मोडलको लागि ४,६९९ युआन (लगभग ६५८ अमेरिकी डलर) को प्रारम्भिक मूल्य ट्याग रहेको छ भने १टीबी भेरियन्टको मूल्य ५,४९९ युआन (लगभग ७६९ अमेरिकी डलर) रहेको उल्लेख छ।
नोभा १२ प्रो को २५६ जीबी मोडलको मूल्य ३,९९९ युआन (लगभग ५६० अमेरिकी डलर) रहेको छ भने ५१२ जीबी अप्सन (विकल्प) को मूल्य ४,३९९ युआन (लगभग ६१५ अमेरिकी डलर) रहेको जनाइएको छ।
यी दुबै मोडलहरू हाल प्रि–अर्डरका लागि सूचीबद्ध गरिएको र दुबै डिभाइसको पहिलो बिक्री सन् २०२४ को जनवरी १२ तारिखको लागि तय गरिएको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: ११ पुष २०८०, बुधबार