भारतले सन् २०२३ मा १०० पाकिस्तानी ड्रोन खसाल्यो

  • Technology Khabar | १० पुष २०८०, मंगलवार
भारतले सन् २०२३ मा १०० पाकिस्तानी ड्रोन खसाल्यो
सांकेतिक तस्विर

काठमाडौं ।

भारतीय सीमा सुरक्षा बलले यस बर्ष लागुऔषध, हतियार र गोलाबारुद भारतीय भूमिमा तस्करी गर्न प्रयोग भएका १०० ओटा पाकिस्तानी ड्रोनहरू खसालेको जनाएको छ।

बीएसएफले भारतीय भूभागमा लागुऔषध र अन्य अवैध पदार्थको ढुवानीलाई रोक्नका लागि तीन–पक्षीय रणनीति’ बनाएको बताएको छ।

सेनाहरूले ड्रोन मार्फत लागुऔषधको तस्करी गरिरहेका तस्करहरूलाई पक्रेका छन्। हमा पोष्टका अनुसार सन् २०२३ मा, बीएसएफ पञ्जाबले भारतमा लागुऔषध तथा गोलालाबारुद तस्कर सहित एक सय ओटा पाकिस्तानी ड्रोनहरू सफलतापूर्वक नष्ट गरेको छ।

ड्रोन, लागुपदार्थ तथा हतियार लगायत, बीएसएफले तस्करहरूलाई पनि सफलतापूर्वक पक्राउ गरेको आफ्नो पोस्टमा उल्लेख गरेको छ।

“बीएसएफले लागुऔषध आपूर्तिमा कटौती गर्न तथा लागुऔषध दुरुपयोग विरुद्ध सचेतना बढाई युवाहरूलाई सशक्त बनाउन तीन–पक्षीय रणनीति लागू गरेको छ । यसैबीच, बीएसएफले सोमबार अमृतसरमा ड्रोन मार्फत तस्करीको प्रयासलाई विफल पार्दै चार सय ३४ ग्राम हेरोइन बरामद गरेको जानकारी दिएको छ ।

अधिकारीहरूका अनुसार पाकिस्तानी ड्रोनले भारतीय हवाई क्षेत्रको उल्लङ्घन गरेपछि बीएसएफका जवानहरूले खोजी अभियान शुरु गरेका थिए । रासस

प्रकाशित: १० पुष २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...