चीनमा डिजिटल अर्थतन्त्रको माध्यमबाट साझा समृद्धि प्रवर्द्धन गर्ने योजना सार्वजनिक

Technology Khabar १० पुष २०८०, मंगलवार

काठमाडौं ।

चीनले बृहत्तर र राम्रो डिजिटल अर्थतन्त्रको माध्यमबाट साझा समृद्धिलाई सहजीकरण गर्ने कार्यान्वयन योजना जारी गरेको राष्ट्रिय तथ्याङ्क ब्यूरोका स्रोतहरूले सोमबार भनेका छन्।

ब्यूरो र राष्ट्रिय विकास तथा सुधार आयोगद्वारा संयुक्त रूपमा जारी गरिएको यो योजनाले डिजिटल प्रविधि र वास्तविक अर्थतन्त्रको गहिरो एकीकरणलाई सहजीकरण गर्ने र डिजिटल माध्यमबाट असन्तुलित र अपर्याप्त विकासको समस्या समाधान गर्ने लक्ष्य राखेको समाचार एजेन्सी सिन्ह्वाले रिपोर्ट गरेको छ।

डिजिटल अर्थतन्त्रको विकासमार्फत सन् २०२५ सम्ममा क्षेत्रीय, सहरी र ग्रामीण क्षेत्र, विभिन्न जनसङ्ख्या समूहका साथै आधारभूत सार्वजनिक सेवाहरूमा रहेको खाडललाई अन्त्य गर्न सकारात्मक प्रगति हुनेछ।

सन् २०३० सम्ममा, पूर्व र पश्चिमी क्षेत्रहरू बीचको सहकार्यमा नवीन अभ्यासहरूको सेटसहित डिजिटल अर्थतन्त्रको माध्यमबाट साझा समृद्धिको प्रवर्द्धनमा उल्लेखनीय प्रगति हासिल गरिने बताईएको छ।

योजनाले डिजिटल अर्थतन्त्रको माध्यमबाट समन्वित क्षेत्रीय विकासलाई प्रवर्द्धन गर्ने, ग्रामीण क्षेत्रमा डिजिटल विकासलाई अगाडि बढाउने, राम्रो रोजगारीका लागि जनताको डिजिटल क्षमता अभिवृद्धि र डिजिटल माध्यमबाट सामाजिक सेवाको समावेशी आपूर्तिलाई सहज बनाउने गरी चारवटा मुख्य पक्षमा व्यवस्था गरेको रिपोर्टमा उल्लेख छ।

प्रकाशित: १० पुष २०८०, मंगलवार

तपाइको प्रतिक्रिया