Technology Khabar ९ पुष २०८०, सोमबार
काठमाडौं ।
पाकिस्तानी टिम अगोनआई८ले पब्जी मोबाइल क्लब ओपन (पीएमसीओ) २०२३को उपाधी जितेको छ। अगोनआई८ले १२१ अंक प्राप्त गर्दै पीएमसीओको उपाधी जितेको हो। कुल १२ खेलमा अगोनआई८ले दुई चिकनडिनर सहित ४१ प्लेसमेन्ट र ८० इलिमिनेसन प्वाइन्ट सहित प्रतिस्पर्धीलाई पछि पार्दै तालिकाको शीर्ष स्थानमा रहेको हो।
उपाधीसँगै अगोनआई८ले ६ हजार ५०० अमेरिकी डलर हात पारेको छ।
६ अंकले पछि पर्दै नेपाली टिम होर ईस्पोर्ट्स दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ। होर ईस्पोर्ट्सले ३८ प्लेसमेन्ट र ७७ इलिमिनेसन प्वाइन्ट प्राप्त गरेको छ। उपविजेता होर ईस्पोर्ट्सले तीन हजार ५०० अमेरिकी डलर पाएको छ।
तेस्रो स्थानमा पनि नेपाली टिम रअ ईस्पोर्ट्स रहन सफल भएको छ। रअले ३४ प्लेसमेन्ट र ६७ इलिमिनेस प्वाइन्ट सहित १०१ अंक प्राप्त गरेको छ। तेस्रो भएको रअले २ हजार अमेरिकी डलर प्राप्त गरेको छ।
यस प्रतियोगिताको कुल पुरस्कार राशी २० हजार अमेरिकी डलर रहेको छ। अंक तालिकाका आधारमा सहभागी १६ टिमले न्यूनतम ३०० अमेरिकी डलरसम्म पुरस्कार राशी प्रदान गरिएको छ।
१६ टिमले प्रतिस्पर्धा गरेको फाइलनमा नेपालका ९ टिम, मंगोलियाको ३ टिम, बंगलादेशको २ टिम र पाकिस्तान र श्रीलंकाका एक÷एक टिमले प्रतिस्पर्धा गरेका थिए।
प्रकाशित: ९ पुष २०८०, सोमबार