
काठमाडौं ।
नेपाल उद्योग परिसंघ, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको सीएनआईवाइईएफ नेपाल स्टार्टअप फेष्ट २०२३ सम्पन्न भएको छ।
शनिबार काठमाडौंमा सम्पन्न दोस्रो संकरणको सीएनआईवाइईएफ नेपाल स्टार्टअप फेष्टको अन्तिम प्रतिस्पर्धामा पुग्न सफल ९ मध्ये ५ ओटा स्टार्टअपमा लगानी गर्न लगानीकर्ताहरु इच्छुक देखिएका छन्।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताब आह्वान गर्दा पाँच सय बढी स्टार्टअपहरुको आवेदन परेको थियो । त्यसमध्ये अन्तिम छनौटमा परेका ९ वटा स्टार्टअप परियोजनालाई फेस्टमा प्रस्तुतीको अवसर दिइएको थियो ।
त्यसमध्ये गल्ली म्याप्स्, टावरअर्गानिक्स्, एसटीओएमपी, पाईटेक नेपाल र ड्रप सिपिङ्ग स्टार्टअप परियोजनामा लगानीका लागि लगानीकर्ताले इच्छा देखाएका हुन् ।
यी स्टार्टअपमा यी स्टार्टअपमा हिमालयन क्यापिटल, लोटस होल्डिङ, रिलायवल भेन्चर्स, अल्फा प्लस भेन्चर लिमिटेड, टेली भेन्चर, एनआईएमबी एस क्यापिटल र टीम भेन्चर लगानीका लागि इच्छुक भएका हुन् ।
सोही समारोहमा विभिन्न विधामा स्टार्टअप कम्पनीहरुलाई अवार्ड प्रदान गरिएको छ। स्टार्टअप अफ द इयरको अवार्ड–हाम्रो पात्रो हेल्थले प्राप्त गर्यो।
यसैगरी वेष्ट इनोभेसन अफ द इयर अल्लोइ प्रा.लि., कस्टुमर एक्सिलेन्स अवार्ड पेट मामा, ग्रीन स्टार्टअप अफ द इयर डोको रिसाइकल्स्, सोसियल इन्टरप्राइज अफ द इयर चायो बायो, इनेबलर्स अफ आन्टरपेनर्स इन्भेष्ट फर इम्प्याक्ट नेपाल, वमन इन आन्टरपेनर्स डा. प्रतिभा पाण्डे, वेष्ट स्टार्टअप आइडिया रेः मिनी ई–स्कुटर र वेष्ट पिचडेक अवार्ड एसटीओएमपीले प्राप्त गरे। नबिल एसएसई एक्सिलेन्स अवार्ड अम्बिता भडारीले प्राप्त गरिन् ।
यस्तै एनआईएमबी एस क्यापिटलले डेलिस डायरिजमा लगानीको घोषणा गरेको छ।
अवार्डबाट सम्मानित स्टार्टअपहरुलाई परिसंघले मेक इन नेपाल स्वदेशी अभियानको एक वर्षका सदस्यता प्रदान गरेको छ।
सीएनआईवाइईएफ नेपाल स्टार्टअप फेष्ट २०२३ को समापन समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले अवार्ड प्रदान गरे।
प्रकाशित: ८ पुष २०८०, आईतवार