
काठमाडौं ।
राकुटेन भाइबरले आफ्नो च्याटबट मार्फत नेपालको बस टिकटिङ्ग सेवा प्रदायक बससेवाबाट टिकट काट्दा सयजनालाई क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ।
अफरमा नेपालका कुनैपनि गन्तब्यका बस टिकट काट्दा भाग्यशाली सयजनाले शत प्रतिशत क्यासब्याक पाउनेछन् । यो अफर पुस १६ गतेसम्म सञ्चालन हुने बताईएको छ।
योसँगै बससेवाको कुनै पनि गन्तब्यमा यात्रा गर्दा अथवा टुर प्याकेजमा जाँदा भाइबर मार्फत प्रयोगकर्ताले सजिलै टिकट काट्न सक्नेछन् । बससेवा र भाइबरकोबीचमा केही महिना अगाडी मात्र साझेदारी भएको थियो।
अफरका बारेमा बससेवाका प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले भने, “हामी विश्वको अग्रणी सञ्चार संस्था भाइबरसँग सहकार्य गर्न पाउँदा अत्यन्त खुशी छौँ, मलाई विश्वास छ, आम यात्रुले यात्राका लागि थप सुविधा पाउनुहुनेछ। अबदेखि भाइबरमार्फत टिकट काट्दा थप सहजता हुनेछ।”
यो अफरका बिषयमा राकुटेन भाइबरका वरिष्ठ निर्देशक डेभिड चेले भने, “भाइबरमा हामी हाम्रा प्रयोगकर्तालाई सम्झनायोग्य सुविधा दिँदा हामी हर्षित छौँ, बससेवासँगको सहकार्य मार्फत यो क्यासब्याक अफरले हरेक नेपाली यात्रुको यात्रा थप रोमाञ्चक र रमाइलो हुनेछ।”
प्रकाशित: ८ पुष २०८०, आईतवार