पाँच महिनामा साढे १३ अर्ब रुपैयाँको स्मार्टफोन भित्रियो

  • Technology Khabar | ८ पुष २०८०, आईतवार
पाँच महिनामा साढे १३ अर्ब रुपैयाँको स्मार्टफोन भित्रियो
फाइल तस्बिर

काठमाडौं ।

नेपालमा स्मार्टफोनको आयात बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/२०८१ को मंसिरसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार स्मार्टफोनको आयात बढेको देखिएको हो।

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म १३ अर्ब ५९ करोड ९५ लाख ६१ हजार रुपैयाँ बराबरको ९ लाख २ हजार ९८१ यूनिट स्मार्टफोन आयात भएको छ।

गत आर्थिक वर्ष २०७९/८० मंसिरसम्म ११ अर्ब २० करोड ८० लाख ९६ हजार रुपैयाँ बराबरको ८ लाख ३ हजार ८१८ यूनिट स्मार्टफोन आयात भएको थियो।

गत आवको सोही अवधिमा चालु आवमा स्मार्टफोन आयात २ अर्ब ३९ करोड १४ लाख ६५ हजार रुपैयाँ अर्थात २१.३४ प्रतिशतले बढेको छ।

भने सोही अवधिमा स्मार्टफोनको आयात ९९ हजार १६३ यूनिट अर्थात १२.३३ प्रतिशतले बढेको छ।

सरकारले स्मार्टफोनको आयातबाट २ अर्ब ५३ करोड २० लाख ९८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

४८ मुलुकबाट स्मार्टफोन नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आयात हुने गरेको छ। चीनबाट ९ अर्ब ४८ करोड १२ लाख ९६ हजार रुपैयाँ बराबरको ६ लाख ५७ हजार १८८ यूनिट स्मार्टफोन आयात भएको छ।

भारतबाट ३ अर्ब ९० करोड ७९ लाख ८४ हजार रुपैयाँ बराबरको २ लाख ४३ हजार २९५ यूनिट स्मार्टफोन आयात भएको छ।

बाँकी ४६ मुलुकबाट २१ करोड २ लाख ८१ हजार रुपैयाँ बराबरको २ हजार ४९८ यूनिट स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

प्रकाशित: ८ पुष २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...